emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

यूएईमा मृत्युदण्डको सजाय पाएका अमरबहादुर बम निर्दोष रहेको दाबी, बचाउका लागि सरकारसँग पहलको माग

source e-Madhesh २०८२ पुस ९ गते , बुधबार
0
Shares
41
Views
यूएईमा मृत्युदण्डको सजाय पाएका अमरबहादुर बम निर्दोष रहेको दाबी, बचाउका लागि सरकारसँग पहलको माग

ईमधेस न्युज सम्वाददाता 
काठमाडौं, ०९ पौष ।
युएईको दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएका दार्चुला जिल्ला दुहुँ गाउँपालिका–धारीका अमरबहादुर बम निर्दोष रहेको दाबी गर्दै उनको रिहाइका लागि अभियान सुरु गरिएको छ । बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियन्ताहरूले नेपाल सरकारले कूटनीतिक पहल नगरे कडा संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।
अभियन्ता रजमान तामाङले २२ वर्षदेखि निर्दोष हुँदाहुँदै पनि अमरबहादुर बमले मृत्युदण्डको सजाय कुर्नु राज्यको गैरजिम्मेवारीको परिणाम भएको आरोप लगाए । “नागरिकप्रतिको बेवास्ता र विदेशी भूमिमा हजारौँ नेपाली मर्न बाध्य हुने अवस्थाप्रति हामी खेद प्रकट गर्छौं,” उनले भने ।
अभियन्ता जन्मदेव जैसीले सरकारको ध्यानाकर्षण गराउन देशव्यापी अभियान सुरु गरिएको जानकारी दिए । दार्चुलाका स्थानीय तथा बमका छिमेकी करनसिंह बडालले बमको परिवार र आफन्तले पटक–पटक सरकार र राजनीतिक दलहरू गुहारे पनि न्याय नपाएकाले संघर्षमा उत्रिनु परेको बताए ।
अमरबहादुर बम सन् २००३ मा युएईमा भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा दोषी ठहर भएका हुन् । तर घटनामा संलग्न दुई भारतीय नागरिकले नै बम निर्दोष रहेको लिखित बयान अदालतमा दिइसकेकाले नेपाल सरकारले पहल गरे मृत्युदण्ड रोक्न सकिने अभियन्ताहरूको दाबी छ ।
अभियानअन्तर्गत प्रधानमन्त्रीलाई ज्ञापनपत्र, सामाजिक सञ्जाल अभियान, युएई दूतावासलाई पत्र, हस्ताक्षर संकलनलगायत कार्यक्रम सार्वजनिक गरिएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव