emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मन्त्री कुलमान घिसिङको १०० दिन : तीन मन्त्रालयमा १०१ कामको प्रगति सार्वजनिक

source e-Madhesh २०८२ पुस ९ गते , बुधबार
0
Shares
193
Views
मन्त्री कुलमान घिसिङको १०० दिन : तीन मन्त्रालयमा १०१ कामको प्रगति सार्वजनिक

ईमधेस न्युज सम्वाददाता 
काठमाडौं,०९ पौष ।
 जेन–जी आन्दोलनपछि गठित सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो १०० दिने कार्यकालमा सम्पन्न १०१ प्रमुख कामको विवरण सार्वजनिक गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको नेतृत्व गर्दै घिसिङले ‘भाषणभन्दा नतिजा’ लाई प्राथमिकतामा राखेर काम गरिएको दाबी गर्नुभएको छ ।
मन्त्री घिसिङले वर्षौँदेखि अलपत्र परेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का रद्द गरी विकास आयोजनामा देखिएको जकड तोडिएको जानकारी दिनुभयो । १२०० मेगावाटको बुढीगण्डकी र १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना स्वदेशी लगानीमै अघि बढाउने गरी वित्तीय ढाँचा तयार गरिएको छ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल उठाउन राजनीतिक हस्तक्षेप अन्त्य गर्दै उद्योगीहरूलाई किस्ताबन्दीमा महसुल तिर्न बाध्य बनाइएको पनि उहाँको दाबी छ ।
भौतिक पूर्वाधारतर्फ सडक, पुल, सुरुङ मार्ग र रेल आयोजनामा गति दिइएको छ भने विपी राजमार्ग, तातोपानी नाका र प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा ल्याइएको छ । यातायात व्यवस्थापन सुधार, स्मार्ट लाइसेन्स छपाइ, सडक सुरक्षा योजना र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने काम पनि अघि बढाइएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत जेन–जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, बञ्चरेडाँडा फोहोर व्यवस्थापन, बागमती नदी सफाइ, कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तथा काठमाडौं भिजन २०४० जस्ता दीर्घकालीन योजनामा उल्लेखनीय प्रगति भएको जनाइएको छ ।
“म मन्त्री होइन, जनताको सेवकका रूपमा काम गरिरहेको छु,” घिसिङले भन्नुभयो, “ढिलासुस्ती र लापरबाहीसँग कुनै सम्झौता हुँदैन।”

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव