emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात निर्वाचन अधिकृत नियुक्त

source e-Madhesh २०८२ पुस ९ गते , बुधबार
0
Shares
30
Views
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात निर्वाचन अधिकृत नियुक्त

ईमधेस न्युज सम्वाददाता 
काठमाडौं,०९ पौष ।
 निर्वाचन आयोगले मिति २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात जना निर्वाचन अधिकृत नियुक्त गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको मिति २०८२ पुस ७ गतेको बैठकले उक्त निर्णय गरेको हो ।
निर्णयअनुसार कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईं, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठ, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्वासे, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डित, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापा निर्वाचन अधिकृत नियुक्त भएका छन् ।
नियुक्त निर्वाचन अधिकृतहरूको कार्यकाल मिति २०८२ पुस १५ गतेदेखि लागू हुने आयोगले जनाएको छ । साथै, उनीहरूले मिति २०८२ पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव