emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अल जेन मुमेन्टः सुशीला कार्की हटाएर सर्वपक्षीय राष्ट्रिय अन्तरिम सरकार गठन गर्नुपर्छ

source e-Madhesh २०८२ पुस ७ गते , सोमबार
0
Shares
176
Views
अल जेन मुमेन्टः सुशीला कार्की हटाएर सर्वपक्षीय राष्ट्रिय अन्तरिम सरकार गठन गर्नुपर्छ

ईमधेस न्युज सम्वाददाता 
काठमाडौं,०६ पौष ।
 सुशीला कार्की नेतृत्वको सरकारले देशलाई निकास दिन नसक्ने भन्दै अल जेन मुमेन्ट नेपालले सर्वपक्षीय राष्ट्रिय अन्तरिम सरकार गठनको माग गरेको छ । सोमबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा मुमेन्टले आफ्नो शान्तिपूर्ण प्रदर्शनमा गरिएको धरपकडलाई गैरन्यायिक रहेको आरोप लगायो।
अल जेन मुमेन्टका मेग खत्रीले आईतबार सिंहदरबारको दक्षिण गेटमा गरिएको प्रदर्शनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले वर्तमान सरकारले पुरानै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिँदै आएको दाबी गरे। हरिकृष्ण गजुरेलले पनि वर्तमान सरकार पुरानै शैलीमै गएको बताउँदै भने, “सुशीला कार्की नेतृत्वको सरकार हटाएर सर्वपक्षीय राष्ट्रिय सरकार बनाउनु बाहेक विकल्प छैन।”
माधव ठकुरीले जेनजीले बनाएको सरकार आफ्नै मागको विरोधमा गएकोले देशमा द्वन्द्व बढ्ने चिन्ता व्यक्त गरे भने डा. शम्भू पोखरेलले धरपकड गैरकानुनी भएको भन्दै माफी माग्नुपर्ने माग गरे। जनक थापाले संविधान प्रदत्त अधिकार कुण्ठित हुँदा ठूलो विद्रोह उठ्ने चेतावनी दिए।
अशोक रानामगरले राष्ट्रिय मुक्तिका लागि अल जेन मुमेन्टले नेतृत्व लिएर राजनीतिक निकास दिने दाबी गरे। आइतबार प्रदर्शनका क्रममा हरिकृष्ण गजुरेल, माधव ठकुरी, अशोक रानामगर र जनक थापा पक्राउ परेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव