emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेशसभाका सभामुख रामआशिष यादवद्वारा पदभार ग्रहण

source e-Madhesh २०८२ पुस ७ गते , सोमबार
0
Shares
59
Views
मधेश प्रदेशसभाका सभामुख रामआशिष यादवद्वारा पदभार ग्रहण

ईमधेश न्इूज सम्वाददाता,
जनकपुरधाम,०६ पौष ।
मधेश प्रदेशसभाका नवनियुक्त सभामुख रामआशिष यादवले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ । जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा उहाँले सभामुखको जिम्मेवारी सम्हाल्दै अब आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा र निष्पक्ष अभिभावकका रूपमा काम गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख यादवले संसदीय गरिमा, अनुशासन र निष्पक्षतालाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । “राजनीतिमा मतभेद स्वाभाविक कुरा हो, तर प्रदेशको समग्र हितका लागि संवाद, सहकार्य र सहमति अपरिहार्य छ,” उहाँले भन्नुभयो । प्रदेशसभालाई बहस र समाधानमुखी मञ्चका रूपमा विकास गर्न आफू केन्द्रित रहने उहाँको भनाइ थियो ।
सभामुख यादवले आफ्नो कार्यकालमा मधेशका आधारभूत र दीर्घकालीन मुद्दाहरूलाई सदनको प्राथमिक एजेन्डा बनाइने जानकारी दिनुभयो । समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्य सेवामा पहुँच, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सीमावर्ती क्षेत्रसँग सम्बन्धित समस्याहरू संसद्मा मुख्य बहसका विषय बन्ने उनले बताए ।
संसद्ले कार्यपालिकामाथि प्रभावकारी निगरानी राख्नुपर्नेमा जोड दिँदै सभामुख यादवले बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न प्रदेशसभा थप सशक्त हुने उल्लेख गर्नुभयो । “सभामुखको कुर्सी राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि हुन्छ,” उहाँले भन्नुभयो, “संविधान, कानुन र नियमावलीको पूर्ण पालना गराउँदै प्रदेशसभालाई जनउत्तरदायी बनाउनु मेरो दायित्व हो ।”
सभामुख यादवले विषयगत समितिहरूलाई सक्रिय बनाउने, विधेयकहरूमाथि गहन छलफल गराउने र सदनमा स्वस्थ बहसको संस्कृति विकास गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव