emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हराएका चार बालबालिका प्रहरीले सकुशल फेला पारी अभिभावकलाई बुझायो

source e-Madhesh २०८२ पुस ७ गते , सोमबार
0
Shares
50
Views
हराएका चार बालबालिका प्रहरीले सकुशल फेला पारी अभिभावकलाई बुझायो

लिलाकान्त यादव,
राजविराज, ०७ पौष ।
 सप्तरी जिल्लाबाट हराएका चार जना बालबालिकालाई प्रहरीले सकुशल फेला पारी उनीहरूका अभिभावकलाई जिम्मा लगाएको छ ।
जिल्ला सप्तरी तिरहुत गाउँपालिका–३ गोईठी टोल निवासी बिरेन्द्र सरदारकी करिब ७ वर्षीया छोरी सृष्टि कुमारी सरदार, चन्दर सरदारकी करिब ७ वर्षीया छोरी वर्षा कुमारी सरदार, रामचन्द्र सरदारकी करिब ८ वर्षीया छोरी आरोसी सरदार र उनका करिब ६ वर्षीय छोरा कृष्ण सरदार घरमा कसैलाई जानकारी नदिई हिँडेपछि हराएका थिए । उनीहरू फुफुको घर हनुमाननगर जान्छु भन्दै घरबाट निस्किएको बुझिएको थियो ।
बालबालिका लामो समयसम्म घर नफर्किएपछि आफन्त तथा गाउँघरमा खोजतलास गर्दा फेला नपरेको भन्दै बिरेन्द्र सरदारलगायतले इलाका प्रहरी कार्यालय भारदह सप्तरीमा मौखिक जानकारी गराएका थिए । सूचनापछि प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो ।
खोजतलासका क्रममा मिति २०८२÷०९÷०७ गते बिहान करिब ७ः५५ बजे ती बालबालिका भारदहबाट कोशी ब्यारेजतर्फ पैदल जाँदै गरेको अवस्थामा कोशी पुलछेउबाट फेला परेका थिए । प्रहरीले उनीहरूलाई इलाका प्रहरी कार्यालय भारदह ल्याई बिहान करिब ९ः३० बजे अभिभावकलाई जिम्मा लगाएको जनाएको छ ।
प्रहरीले बालबालिकाको सुरक्षाप्रति सचेत रहन अभिभावकहरूलाई आग्रह गरेको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव