emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

डा. डीआर उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड प्रदान

source e-Madhesh २०८२ पुस ७ गते , सोमबार
0
Shares
136
Views
डा. डीआर उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड प्रदान

ईमधेस न्युज सम्वाददाता 
काठमाडौं,०७ पौष ।
 विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड प्रदान गरिएको छ । भारतको लखनउमा आयोजित विशेष समारोहमा सांसद तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा डा. उपाध्यायलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
गीत, साहित्य र सिर्जनात्मक क्षेत्रमा डा. उपाध्यायले पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रतिभाश्री अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । सो अवसरमा अन्य विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।
यसैबीच, डा. उपाध्यायलाई हालै युरोपको आइआइइचएसआर (क्ष्क्ष्भ्ज्क्च्) विश्वविद्यालयले मानार्थ विद्यावारिधि (डी.लिट.) प्रदान गरेको छ । साहित्य क्षेत्रमा विशिष्ट योगदानको मूल्याङ्कन गर्दै विश्वविद्यालयका प्रतिनिधि जेम्स केरी तथा अन्य प्रतिष्ठित अतिथिहरूले उनलाई उक्त मानार्थ विद्यावारिधि प्रदान गरेका हुन् ।
समाजशास्त्र विषयमा सन् २००० मा विद्यावारिधि हासिल गरिसकेका डा. उपाध्यायलाई यसअघि अमेरिकालगायत विश्वका विभिन्न आठ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरिसकेका छन् । युरोपको आइआइइचएसआर विश्वविद्यालयबाट प्राप्त यो उनको नवौं मानार्थ विद्यावारिधि हो ।
डा. उपाध्यायले गीत, संगीत र साहित्यका विविध विधामा हालसम्म १५३ वटा विश्व कीर्तिमान कायम गरिसकेका छन् । उनका एक दर्जनभन्दा बढी उपन्यास, तीनवटा गीति पुस्तक र ३६ वटा संगीत एल्बम सार्वजनिक भइसकेका छन् । करिब २५० गीत सिर्जना गरिसकेका उपाध्यायका सयौं गीतका म्युजिक भिडियोसमेत सार्वजनिक भएका छन् ।
उनको पछिल्लो उपन्यास ‘आशक्ति’ हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर सम्मानित हुँदै आएका डा. उपाध्यायको योगदानले नेपाली गीत–साहित्यलाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूले बताएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव