emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शिक्षक र पत्रकारिताबाट मधेशको सभामुखसम्म रामआशिष यादव

source e-Madhesh २०८२ पुस ६ गते , आइतबार
0
Shares
193
Views
शिक्षक र पत्रकारिताबाट मधेशको सभामुखसम्म रामआशिष यादव


ईमधेश न्इूज सम्वाददाता,
जनकपुरधाम,०६ पौष ।
 मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव निर्वाचित भएका छन् । आइतबार बसेको मधेश प्रदेशसभा बैठकमा मत विभाजन प्रक्रियामार्फत उनी सभामुख निर्वाचित भएका हुन् । मत विभाजनमा यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको थियो । बैठकमा ९६ जना सांसद उपस्थित थिए ।
सातदलीय गठबन्धनका तर्फबाट सभामुखका उम्मेदवार रहेका यादवलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेस सांसद वीरेन्द्रप्रसाद सिंहले पेस गरेका थिए । बहुमत ५४ भन्दा बढी मत प्राप्त गरेपछि सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरिन् । यससँगै नेकपा एमालेका उम्मेदवार त्रिलोकीप्रसाद यादवको प्रस्ताव अघि बढेन ।
धनुषा–२ (ख) बाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित यादव यसअघि जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीमा थिए । अब उनी मधेश प्रदेशको नीति निर्माण र संसदीय सञ्चालनको प्रमुख भूमिकामा पुगेका छन् ।
२०२६ साल चैत १५ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ मा जन्मिएका यादवको यात्रा शिक्षक र पत्रकारिताबाट सुरु भएको हो । स्नातक तहसम्म अध्ययन गरेका उनले २०५० सालमा शिक्षकका रूपमा करियर थाले । पछि पत्रकारितामा प्रवेश गर्दै रेडियो नेपाल, गोरखापत्र, अन्नपूर्ण पोस्ट, इमेज टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गरे । उनी जनकपुर एफएम, तहल्का नेपाल र जनकपुर टिभीका संस्थापकसमेत हुन् ।
पत्रकारितामार्फत सामाजिक पहिचान बनाएका यादवले गंगासागर सरसफाइ अभियान र महागंगा आरतीको सुरुवात गरेर जनकपुरधामको धार्मिक तथा पर्यटकीय प्रवद्र्धनमा योगदान दिए । २०७४ सालमा राजनीतिमा प्रवेश गरेका उनी सक्रियता, शालीन स्वभाव र सामाजिक मुद्दामा निरन्तर भूमिकाका कारण दुई पटक उत्कृष्ट सांसदबाट सम्मानित भएका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव