emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेशले पाएको अधिकार सुरक्षित राख्नु नै अहिलेको मुख्य चुनौती

source e-Madhesh २०८२ पुस ६ गते , आइतबार
0
Shares
166
Views
मधेशले पाएको अधिकार सुरक्षित राख्नु नै अहिलेको मुख्य चुनौती

ईमधेस न्युज सम्वाददाता 
काठमाडौं,०६ पौष ।
 विदेशमा बस्ने नेपाली मधेशीहरूको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले जेन–जी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशबारे शनिबार काठमाडौंमा विचार मन्थन कार्यक्रम आयोजना गरेको छ । परिवर्तनशील समयमा मधेश शीर्षकको कार्यक्रममा मधेशको वर्तमान अवस्था, उपलब्धि र चुनौतीबारे गम्भीर छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जेन–जी आन्दोलनपछि “मधेश कहाँ छ ?” भन्ने प्रश्न आफूहरूले खोजिरहेको बताए । जेन–जी आन्दोलनपछि आफू र पार्टीका सांसदहरूले राजीनामा दिएको स्मरण गर्दै उनले त्यसपछि संघीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको अनुभव गरेको बताए । मधेश आन्दोलनले पहिचान, समानुपातिक निर्वाचन प्रणाली र आरक्षणजस्ता उपलब्धि दिलाएको उल्लेख गर्दै उनले मधेशबाट आवाज नउठेको भए संघीयतासमेत समाप्त हुने अवस्था आउन सक्ने चेतावनी दिए ।
डा. राउतले जेन–जी आन्दोलनपछि नेपाली सेनाले राजनीतिक प्रक्रिया सम्हाल्दा मधेशलाई कुनै स्थान नदिएको आरोप लगाउँदै मधेशीलाई प्रधानमन्त्री किन नबनाइएको भन्ने प्रश्न उठाए । यद्यपि पछिल्लो समय जेन–जी र सरकारबीच भएको सम्झौतामा मधेसी, थारु, आदिवासी जनजाति र दलित समुदायलाई सम्बोधन गरिएको विषय सकारात्मक रहेको उनको भनाइ थियो ।
राजनीतिक विश्लेषक सिके लालले जेन–जी आन्दोलनमा मधेश कतै नदेखिएको टिप्पणी गरे । मधेसी सहभागी भए पनि उपलब्धि नपाएको बताउँदै उनले वर्तमान संविधान मधेसीको पक्षमा नरहेको र संशोधन वा पुनर्लेखन नभएसम्म अधिकार सुरक्षित नहुने धारणा राखे । अधिकारका लागि नयाँ ढंगले संघर्ष आवश्यक रहेको उनको भनाइ थियो ।
अर्का विश्लेषक तुलानारायण साहले जेन–जी आन्दोलनको अदृश्य एजेन्डा संघीयता खर्चिलो भयो भन्ने रहेको बताउँदै मधेशको विरोध नभएको भए संघीयतामै असर पर्न सक्ने अवस्था आएको उल्लेख गरे । मधेशले पाएको अधिकार सुरक्षित राख्नु नै अहिलेको सबैभन्दा ठूलो चुनौती भएको उनले बताए ।
कार्यक्रममा विभिन्न अभियन्ता, विश्लेषक र कलाकारहरूले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता मधेशी एकता समाजकी नेपाल संयोजक डा. बबी सिंह यादवले गर्दै मधेशको संघर्ष, एकता र भविष्यबारे कविता प्रस्तुत गरेकी थिइन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव