emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहमा प्रहरीद्वारा बालविवाह तथा लागू औषध सेवनबाट हुने नोक्सानी सम्बन्धी प्रशिक्षण 

source e-Madhesh २०८२ पुस ६ गते , आइतबार
0
Shares
186
Views
भारदहमा प्रहरीद्वारा बालविवाह तथा लागू औषध सेवनबाट हुने नोक्सानी सम्बन्धी प्रशिक्षण 

भूपदेव माली ,
राजविराज, ०६ पौष ।
इलाका प्रहरी कार्यालय भारदहले बालविवाह ,लागू औषध सेवन तथा ट्राफिक नियमको उल्लङ्घनबाट हुने नोक्सानी बारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको  छ। 
सप्तरीको हनुमाननगर कंकालिनी नपा. वडा नं १ भारदह स्थित बी.पी. स्मारक पब्लिक माध्यमिक विद्यालयका छात्र– छात्राहरूलाई बालविवाह, लागू औषध सेवन तथा ट्राफिक नियमको उल्लङ्घनबाट हुने नोक्सानी बारेमा परीक्षण सम्पन्न गरेका हुन्।
सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय भारदहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक संजय कुमारी यादवले ’कम उमेरमा विवाह अर्थात् बाल विवाह गरेमा शारीरिक, मानसिक, सामाजिक  पीडाहरू भोग्नु पर्ने सम्भावनालाई ध्यानमा राखी कानुनले विवाह गर्ने उमेर २० वर्ष गरिएकोले यस उमेरभन्दा मुनि विवाह गरेमा कानुनी अपराध मानिने हुँदा कम उमेरमा विवाह गर्नु हुँदैन’ बताउनुभयो। 
यसरी नै उनले ’लागू औषध सेवन गर्नेहरूलाई समाजले नराम्रो दृष्टिले हेर्ने मात्र नभई उसले आफ्नो शरीर एवं मस्तिष्कलाई खोक्ला गर्दै अल्प आयुमै ज्यान गुमाउने गरेको हुँदा लागू औषध कदापि गर्नु हुँदैन’ बताउनुभयो। 
१०८ जना छात्रछात्राहरू सहभागी भएको सो कार्यक्रममा ट्राफिक प्रहरी पोस्ट भारदहका प्रमुख प्र.स.नि. प्रकाश पाण्डेले ट्राफिक नियमसम्बन्धी बृहत विश्लेषण गर्दै ट्राफिक नियमको उल्लङ्घन गरेमा सो बाट जान गुमाउनु तथा अपाङ्ग हुनुपर्ने अवस्था बाट सचेत रहन सबैसँग आग्रह गरे। 
कार्यक्रममा विद्यालयका शिक्षक– शिक्षिका तथा ट्राफिक प्रहरी  निरज कुमार शाह र प्रहरी जवान संजय पासमान समेतको उपस्थिति रहेको थियो।
 कार्यक्रम पश्चात् विद्यार्थीहरूलाई सडक पेटी हुँदै इलाका प्रहरी कार्यालयको कक्षमा लगी थुनुवा गृहलाई अवलोकन गराउँदै थुरुवा गिरी तथा थुनुवा सम्बन्धी कानुनका बारेमा बताइएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव