emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पुस्तान्तरण नेपालद्वारा आयोजित स्वास्थ्य तथा मनोसामाजिक शिविरमा सयभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

source e-Madhesh २०८२ पुस ६ गते , आइतबार
0
Shares
43
Views
पुस्तान्तरण नेपालद्वारा आयोजित स्वास्थ्य तथा मनोसामाजिक शिविरमा सयभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०६ पौष ।
 पुस्तान्तरण नेपालले आयोजना गरेको निशुल्क स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका सयभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । पाँचखाल नगरपालिकाको समन्वय तथा आर्थिक विकास मित्र ऋण सहकारी संस्थाको सहकार्यमा पाँचखाल नगरपालिका कार्यालय परिसरमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ६५ वर्षभन्दा माथिका एक सयभन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच, मनोसामाजिक मनोपरामर्श तथा औषधि वितरण गरिएको आयोजकले जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा धेरैजसो ज्येष्ठ नागरिकमा उच्च रक्तचापलगायत दीर्घरोग देखिएको चिकित्सकहरूले जानकारी दिएका छन् ।
शिविरमा डा. संकल्प केसी, डा. अनिल पोखरेललगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए । सहभागी ज्येष्ठ नागरिकहरूले घर नजिकै निशुल्क रूपमा स्वास्थ्य सेवा र परामर्श पाउँदा खुशी व्यक्त गरेका थिए ।
पुस्तान्तरण नेपाल ज्येष्ठ नागरिकका लागि आवश्यक स्वास्थ्य, मनोसामाजिक तथा सामाजिक सेवा प्रदान गर्दै आएको संस्था हो । काठमाडौं उपत्यकाबाहिर संस्थाले आयोजना गरेको यो पहिलो स्वास्थ्य शिविर हो । यसअघि संस्थाले वैशाख १३ गते काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ स्थित सुन्दरबस्तीमा शिविर सञ्चालन गरी ६० जना ज्येष्ठ नागरिकलाई सेवा दिएको थियो । त्यसैगरी कीर्तिपुर नगरपालिका वडा नं. ६ चारघरेमा कात्तिक २९ गते आयोजित शिविरमा १०० जना ज्येष्ठ नागरिक लाभान्वित भएका थिए ।
संस्थाले काठमाडौंको शंखपार्क, ललितपुरको युएन पार्क र बुढानिलकण्ठ मन्दिर परिसरमा समेत यस्ता शिविर सम्पन्न गरिसकेको जनाएको छ । पुस्तान्तरण नेपालले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गर्दै आएको छ । भविष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनका लागि ‘ज्येष्ठ नागरिक भिलेज’ स्थापना गर्ने लक्ष्यसमेत संस्थाले लिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव