emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने दाबी

source e-Madhesh २०८२ पुस ५ गते , शनिबार
0
Shares
43
Views
उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने दाबी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०६ पौष । 
उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनपछि दलित समुदायबाटै पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने दाबी गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा पार्टीका युवा नेता किरण बिकले दलित समुदाय राज्यको शिर्ष नेतृत्वमा नपुगेसम्म वास्तविक न्याय सम्भव नहुने भन्दै यसलाई पार्टीको मुख्य राजनीतिक एजेन्डा बनाइएको जानकारी दिनुभयो ।
बिकले देशभर करिब ७० लाख दलित रहेको उल्लेख गर्दै उज्यालो नेपाल पार्टीले उनीहरूलाई अधिकार सम्पन्न र निर्णायक नेतृत्वमा पु¥याउने स्पष्ट कार्यदिशा लिएको बताउनुभयो । “पुराना दलहरूले दलितलाई सत्तामा पुग्ने भर्याङ र भोट बैंकको रूपमा मात्र प्रयोग गरे,” उहाँले भन्नुभयो, “तर उज्यालो नेपाल पार्टीले दलित समुदायलाई नेतृत्वको केन्द्रमा पु¥याउँछ ।”
उहाँले जेन्जी आन्दोलनका क्रममा भएका दलित सहिद तथा घाइतेहरूको उच्च सम्मान गरिने र उनीहरूको स्मृतिमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो । उज्यालो नेपाल पार्टीले अवलम्बन गरेको सामुदायिक समाजवाद दलितको हक–हित संरक्षण, सामाजिक न्याय स्थापना र विभेद अन्त्य गर्ने प्रभावकारी राजनीतिक दर्शन भएको बिकको भनाइ थियो ।
एमाले, कांग्रेस र माओवादीजस्ता पुराना दलहरूले दलितलाई वास्तविक राजनीतिक अवसर नदिएको आरोप लगाउँदै उनले सुशासनलाई आधार बनाएर निजामती सेवा, प्रहरी, न्यायालय, पुरस्कार प्रणाली तथा गैरसरकारी संस्थामा दलितको सहभागिता सुनिश्चित गरिने बताए । “दलितलाई गरिब बनाएर देश समृद्ध हुन सक्दैन,” उनले भने, “सुरुदेखि नै दलित समुदायमा लगानी गरे देश आफैँ धनी हुन्छ ।”
आगामी फागुन २१ गते हुने निर्वाचनमा करिब ७० लाख दलित उज्यालो नेपाल पार्टीको पक्षमा उभिने विश्वास व्यक्त गर्दै उनले पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’मा मतदान गर्न आग्रह गर्नुभयो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव