emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्यः उपराष्ट्रपति यादव

source e-Madhesh २०८२ पुस ३ गते , बिहीबार
0
Shares
106
Views
सरकार–निजी क्षेत्र सहकार्य अपरिहार्यः उपराष्ट्रपति यादव

लिलाकान्त यादव,
ललितपुर, ०३ पौष ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच विश्वास र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ। गोरखापत्र संस्थानद्वारा पुल्चोकमा आयोजित ‘दृढतासहित पुनरुत्थानः गोरखापत्र विमर्श’ कार्यक्रम उद्घाटन गर्दै उहाँले कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारमा लगानी बढे रोजगारी सिर्जना, आय वृद्धि र उत्पादन विस्तार सम्भव हुने उल्लेख गर्नुभयो।
उपराष्ट्रपति यादवले ‘जेनजी’ आन्दोलनपछि पारदर्शिता, सुशासन, भ्रष्टाचारमुक्त समाज र रोजगारी सुनिश्चित गर्ने दिशामा ठोस आर्थिक बहस आवश्यक रहेको बताए। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
गोरखापत्र संस्थानको ऐतिहासिक योगदानको प्रशंसा गर्दै उहाँले ४६ भाषामा सामग्री प्रकाशनमार्फत समावेशी समाज र राष्ट्रिय एकता सुदृढ बनाएको उल्लेख गर्नुभयो। डिजिटल युगमा पत्रकारिताले तथ्यपरकता, विश्वसनीयता र अभिलेखीकरणीय अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै, पूर्वाधार विकासमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न पत्रकारिताको निगरानी भूमिकालाई महत्वपूर्ण बताउनुभयो।
गोरखापत्र दैनिक १२५ औँ र ‘दी राइजिङ नेपाल’ ६१ औँ वर्षमा प्रवेश गरेको अवसरमा उहाँले संस्थानलाई बधाई दिँदै, यस विमर्शले मुलुकको अर्थतन्त्रमा सकारात्मक निचोड दिने विश्वास व्यक्त गर्नुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव