emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रामुपाको धनुषा–३ क्षेत्रीय संयोजकमा दीपक झा सर्वसम्मत चयन

source e-Madhesh २०८२ पुस ३ गते , बिहीबार
0
Shares
49
Views
रामुपाको धनुषा–३ क्षेत्रीय संयोजकमा दीपक झा सर्वसम्मत चयन

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, ०४ पौष ।
 राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालले धनुषा निर्वाचन क्षेत्र नं. ३ का लागि दीपक झालाई क्षेत्रीय संयोजकमा सर्वसम्मत रूपमा चयन गरेको छ। पार्टीको क्षेत्रीय बैठकबाट संगठन सुदृढीकरण र क्षेत्रीय राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित झालाई संयोजकको जिम्मेवारी दिइएको हो।
केन्द्रीय उपाध्यक्ष तथा धनुषा–३ का सम्भावित प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजीव झाले नयाँ नेतृत्व चयनसँगै क्षेत्रभित्र संगठन विस्तार, जनसम्पर्क अभियान र राजनीतिक सक्रियता थप तीव्र हुने विश्वास व्यक्त गरे। उनका अनुसार पार्टीले स्थानीय तहसम्म संगठन मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष संवाद बढाउने रणनीति लिएको छ।
नवनिर्वाचित क्षेत्रीय संयोजक दीपक झाले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र कार्यक्रम जनतामाझ पु¥याउन प्रतिबद्ध भएर काम गर्ने बताए। उनले क्षेत्रका नेता, कार्यकर्ता र समर्थकलाई एकताबद्ध गर्दै पार्टीलाई अझ मजबुत बनाउने आफ्नो प्राथमिकता रहने उल्लेख गरे।
सो अवसरमा पार्टीका केन्द्रीय सचिव संजय चौधरी, अनुशासन विभाग प्रमुख संजय सिंह, राजनीतिक समिति सदस्य दीपक यादव, जिल्ला उपाध्यक्षहरू विनोद ठाकुर, जितेन्द्र पासवान र शंकर पासवान, जिल्ला सचिव कृष्ण कुमार साह र जीवन यादव, नगराइन नगरपालिका नगर संयोजक राम जीवन साह तथा संजीव झा लगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव