emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेशमा पहिलोपटक विद्यालयमा शैक्षिक हाटबजार

source e-Madhesh २०८२ पुस २ गते , बुधबार
0
Shares
44
Views
मधेश प्रदेशमा पहिलोपटक विद्यालयमा शैक्षिक हाटबजार

ईमधेश न्यूज सम्वाददाता,
धनुषा, ०२ पौष ।
 मधेश प्रदेशमा पहिलोपटक विद्यालयमै शैक्षिक हाटबजार आयोजना गरिएको छ। धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय, खोरिया सीतापुरमा मंगलबार शैक्षिक हाटबजार सञ्चालन गरिएको हो। सामाजिक संस्था सोसल ल्याबको आयोजनामा र एभरेष्ट बैंकको आर्थिक सहयोगमा बालबालिकाका लागि वित्तीय प्रोत्साहन मोडलअन्तर्गत उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको नियमित उपस्थिति, सरसफाइ, गृहकार्य र अनुशासनको आधारमा कक्षा शिक्षकले दैनिक अधिकतम तीन प्वाइन्ट प्रदान गरेका थिए। एक प्वाइन्ट बराबर पाँच रुपैयाँको टोकन मनी सोसल ल्याबले उपलब्ध गराएको थियो। महिनाको अन्त्यमा आयोजित हाटबजारमा विद्यार्थीहरूले आफूले कमाएको टोकन प्रयोग गरी शैक्षिक तथा खेलकुद सामग्री खरिद गरेका थिए।
विद्यालयका शिक्षक दिपेन्द्र सिंहका अनुसार कक्षा ३ देखि ८ सम्म अध्ययनरत करिब २३० विद्यार्थीले हाटबजारबाट प्रत्यक्ष लाभ लिएका छन्। सोसल ल्याबका कार्यकारी निर्देशक अजित भट्टले बाल्यकालदेखि नै वित्तीय सचेतना र स्वस्थ आर्थिक बानी विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।
एभरेष्ट बैंकका प्रतिनिधिहरूले विद्यार्थीहरूले खर्चसँगै बचत गर्ने अभ्याससमेत सिकेको उल्लेख गरे। विद्यालयका प्रधानाध्यापक राजनारायण मण्डलका अनुसार परियोजना लागू भएपछि विद्यार्थीको उपस्थिति, अनुशासन र व्यवहारमा सकारात्मक परिवर्तन देखिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव