emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

फागुन २१ गते चुनाव नभए संसद पुनःस्थापना हुन्छः वर्षमान पुन

source e-Madhesh २०८२ पुस १ गते , मंगलबार
0
Shares
190
Views
फागुन २१ गते चुनाव नभए संसद पुनःस्थापना हुन्छः वर्षमान पुन

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, ०१ पौष ।
 नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसके संसद पुनःस्थापना हुनु स्वाभाविक हुने बताएका छन्। मंगलबार राजधानीको संवाद डबलीमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघद्वारा प्रकाशित ‘होटल मजदुर आन्दोलनको दर्पण’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले निर्वाचन नै देशको राजनीतिक स्थायित्वको विकल्प भएको स्पष्ट पारे।
पुनले श्रमिक र रोजगारदाता दुवैको सुरक्षाको प्रत्याभूति राज्यले गर्नुपर्नेमा जोड दिँदै राजनीतिक अस्थिरताका कारण श्रम क्षेत्र कमजोर बन्दै गएको बताए। “लगानी सुरक्षाको वातावरण नहुँदा लगानीकर्ता तर्सिनुपर्ने अवस्था छ भने दक्ष श्रमिक विदेश पलायन हुन बाध्य छन्,” उनले भने। भारतीय र चिनियाँ पर्यटकलाई आकर्षित गर्ने वातावरण बनाउन सके अर्थतन्त्र र पर्यटन क्षेत्र बलियो बनाउन सकिने उनको भनाइ थियो।
पछिल्लो समय संसद पुनःस्थापनाबारे उठेका बहसप्रति संकेत गर्दै पुनले यसलाई अपरिपक्व सोचको संज्ञा दिए। “यो विघटन अघिल्लो पटकजस्तो होइन,” उनले भने, “यदि सरकारले तोकिएकै मितिमा चुनाव गर्न सकेन भने संसद पुनःस्थापना स्वाभाविक हुन्छ, तर त्यस्तो अवस्थातर्फ जानु हुँदैन।”
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले नियमित काममा स्थायी श्रमिक नियुक्ति नगर्ने र सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने प्रवृत्तिले मजदुरलाई संघर्षमा उत्रन बाध्य बनाएको बताए। आउटसोर्सिङ र ठेकेदारी प्रथा बढे कडा विरोध हुने चेतावनी उनले दिए।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)का अध्यक्ष संघर्ष विष्टले व्यवसायी र श्रमिक हातेमालो गरेर अघि बढ्दा मात्रै श्रम क्षेत्र सुरक्षित हुने बताए। संघका अध्यक्ष कुमार पन्तले १० प्रतिशत सेवा शुल्क पुनःप्राप्ति, स्थायी श्रमिक र पूर्ण सामाजिक सुरक्षाका लागि संघर्ष जारी रहेको जानकारी दिए।
कार्यक्रममा ट्रेड युनियन महासंघका पदाधिकारी, मजदुर संघका केन्द्रीय सदस्य तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव