emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एमाले महाधिवेशनमा ओली समूहको उम्मेदवार प्यानल सार्वजनिक

source e-Madhesh २०८२ पुस १ गते , मंगलबार
0
Shares
43
Views
एमाले महाधिवेशनमा ओली समूहको उम्मेदवार प्यानल सार्वजनिक

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, ०१ पौष ।
 नेकपा एमालेको जारी एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि दुई समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच प्रत्यक्ष भिडन्त तय भएको छ। यससँगै दुवै पक्षले आफ्ना–आफ्ना उम्मेदवारसहितको प्यानल सार्वजनिक गरेका छन्।
निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेपछि ओली समूहले पनि आफ्नो पक्षका उम्मेदवारहरूको छुट्टै सूची सार्वजनिक गरेको हो। ओली समूहको प्यानलमा अध्यक्षदेखि पदाधिकारी तथा केन्द्रीय सदस्यसम्मका उम्मेदवार समेटिएका छन्। पार्टी नेतृत्वमा निरन्तरता, संगठन सुदृढीकरण र हालको राजनीतिक कार्यदिशालाई अघि बढाउने एजेन्डासहित ओली समूह मैदानमा उत्रिएको बताइएको छ।
महाधिवेशनअन्तर्गत आज मतदान हुँदैछ। आयोगका अनुसार मतदानको समय दिउँसो १२ बजेका लागि तोकिए पनि प्राविधिक तयारीका कारण केही ढिलो सुरु हुन सक्ने जनाइएको छ। मतदानपछि मतगणना सुरु हुनेछ।
महाधिवेशनमा देखिएको समूहगत प्रतिस्पर्धाले एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी दिनको नेतृत्व स्पष्ट पार्ने अपेक्षा गरिएको छ। पार्टी कार्यकर्ताहरूको ध्यान अहिले प्यानल प्रतिस्पर्धा र मतदान परिणामतर्फ केन्द्रित भएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव