emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रिले अनशनमा पूर्वमन्त्रीसहित जनप्रतिनिधि एवम् नेताहरू सहभागी

source e-Madhesh २०८२ पुस १ गते , मंगलबार
0
Shares
183
Views
रिले अनशनमा पूर्वमन्त्रीसहित जनप्रतिनिधि एवम् नेताहरू सहभागी

लिलाकान्त यादव,
राजविराज, ०१ पौष ।
 राजविराजस्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्ध आन्तरिक राजस्व कार्यालय स्थापना सङ्घर्ष समिति, सप्तरीको आह्वानमा मङ्गलबार पनि रिले अनशन जारी रहेको छ। गजेन्द्र चोकमा जारी अनशनमा पूर्वमन्त्री, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूको उल्लेखनीय सहभागिता रहेको छ।
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादवको अगुवाइमा प्रतिनिधिसभाका निवर्तमान सदस्य रञ्जु ठाकुर, संविधानसभा सदस्य असर्फी सदा, स्वराज अभियानी सुरेन्द्र नारायण यादव, शम्भुनाथ नगरपालिकाकी कार्यवाहक मेयर अनिता चौधरी, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजु देवी यादव, तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष फूल कुमारी साह र महदेवा गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादव रिले अनशनमा सहभागी भएका छन्।
यसैगरी विभिन्न वडाका अध्यक्ष, निवर्तमान जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरूले पनि ऐक्यबद्धता जनाउँदै २४ घण्टे रिले अनशनमा सहभागिता जनाएका छन्। सङ्घर्ष समितिका संयोजक मोहन यादवका अनुसार सरकारलाई दबाब दिन स्थानीय तहका जनप्रतिनिधि र नेताहरू सामूहिक रूपमा आन्दोलनमा उत्रिएका हुन्।
राजविराजस्थित करदाता सेवा कार्यालयमा ७२ हजारभन्दा बढी करदाता आबद्ध छन् भने गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो। सरकारले देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गर्ने नीति अघि बढाएपछि यसको विरोधमा आन्दोलन चर्किएको हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव