emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षणका लागि २७ राष्ट्रिय र ४ अन्तर्राष्ट्रिय संस्थालाई अनुमति

source e-Madhesh २०८२ पुस १ गते , मंगलबार
0
Shares
45
Views
प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षणका लागि २७ राष्ट्रिय र ४ अन्तर्राष्ट्रिय संस्थालाई अनुमति

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, ०१ पौष ।                                                                                                                                      निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षणका लागि २७ वटा राष्ट्रिय तथा ४ वटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति प्रदान गरेको छ। आयोगको मिति २०८२/७/११ को निर्णयअनुसार निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम आवेदन आह्वान गरिएको थियो।
आयोगका अनुसार निर्वाचन पर्यवेक्षण गर्न इच्छुक ४४ वटा राष्ट्रिय र ५ वटा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएका थिए। तीमध्ये निर्देशिकामा तोकिएका मापदण्ड, आधार र प्रक्रिया पूरा गरेका संस्थालाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरिएको हो।
अनुमति पाउने राष्ट्रिय संस्थाहरूमा डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, सामूहिक अभियान, नेपाल मानव अधिकार संगठन, निर्वाचन पर्यवेक्षण समिति नेपाल, गैरसरकारी संस्था महासंघ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), राष्ट्रिय अपाङ्ग महासंघ, महिला कानून र विकास मञ्च, युवालय, सञ्चारिका समूह नेपाललगायत २७ संस्था रहेका छन्।
त्यसैगरी अन्तर्राष्ट्रियस्तरबाट द कार्टर सेन्टर (अमेरिका), एएनएफआरईएल (Asian Network for Free Elections), द मल्टिडिसिप्लिनरी इन्स्टिच्युट अफ ट्रेनिङ एन्ड लर्निङ (म्यासाचुसेट्स) र इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटलाई पर्यवेक्षणको अनुमति दिइएको छ।
निर्देशिकाअनुसार आवश्यक कागजात पेश नगरेका संस्थालाई पाँच दिनभित्र थप कागजात बुझाउन आयोगले पत्राचार गरेको जनाएको छ। मागअनुसार कागजात प्राप्त भएपछि बाँकी संस्थाबारे आवश्यक निर्णय गरिने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार