emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय मुक्ति पार्टीमा नयाँ प्रवेश: तिवारीसहित चौधरी–रायको आगमन

source e-Madhesh २०८२ मंसिर २६ गते , शुक्रबार
0
Shares
158
Views
राष्ट्रिय मुक्ति पार्टीमा नयाँ प्रवेश: तिवारीसहित चौधरी–रायको आगमन

लिलाकान्त यादव, राजविराज, २6 मंसिर l जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य विकास तिवारी शुक्रबार राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन्। तिवारीसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी नेतृ रिपु कुमारी चौधरी, अन्सु राय, पूर्व इन्स्पेक्टर मनोज कुमार चौधरीलगायतका व्यक्तिहरू पनि सो पार्टीमा खुलेर आवद्ध भएका छन्। नवप्रवेशीहरूलाई राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले औपचारिक रूपमा पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए। काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष महतोले नयाँ कार्यकर्ताहरूको प्रवेशले पार्टी संगठन थप सबल र व्यवस्थित बन्दै गएको बताएका थिए। उनका अनुसार हाल पहिचानवादी राजनीतिक धारहरू एकताबद्ध हुँदै जाँदा राष्ट्रिय मुक्ति पार्टीको जन लोकप्रियता र राजनीतिक प्रभाव क्षेत्र निरन्तर विस्तार हुँदै गएको छ। महतोले संगठनलाई सुदृढ बनाउन नवप्रवेशीहरूलाई सक्रिय भूमिकासहित जनताको बीचमा घुलमिल भई प्रत्यक्ष सम्पर्कमा काम गर्न आग्रह गरे। कार्यक्रममा उपस्थित नवप्रवेशी नेताहरूले आफूले राष्ट्रिय मुक्ति पार्टीले उठाइरहेको पहिचान, अधिकार र समावेशिताको मुद्दालाई प्रभावकारी रूपमा अगाडि बढाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले पार्टीको नीति तथा कार्यक्रमसँग सहमत भई आगामी राजनीतिक यात्रामा सशक्त भूमिकासहित अघि बढ्ने बताए। नयाँ प्रवेशसँगै आगामी दिनमा पार्टीभित्र संरचनात्मक विस्तार र गतिविधि तीव्र हुने पार्टी स्रोतले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव