emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तेस्रोलिंगी नेतृत्व उदाउँदै, समावेशी समाजवादी पार्टीको ‘साइबरनेटिक संघीयता’ घोषणा

source e-Madhesh २०८२ मंसिर २६ गते , शुक्रबार
0
Shares
48
Views
तेस्रोलिंगी नेतृत्व उदाउँदै, समावेशी समाजवादी पार्टीको ‘साइबरनेटिक संघीयता’ घोषणा

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, २६ मंसिर ।
 समावेशी समाजवादी पार्टीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत चुनावी घोषणापत्र सार्वजनिक गर्दै ‘साइबरनेटिक लोकतान्त्रिक संघीयता’को अवधारणा अघि सारेको छ। ‘शक्ति सहजकर्ताको हातमा’ भन्ने मूल नारा बोकेको घोषणापत्रले राज्य संरचना, शक्ति वितरण र राजनीतिक संस्कृतामा आमूल रूपान्तरणको सङ्कल्प प्रस्तुत गरेको छ।
घोषणापत्रअनुसार अब राज्यको मूल शक्ति सिंहदरबारमा होइन, स्थानीय तहका नागरिकका हातमा रहनेछ । स्रोत–साधन, नीति निर्माण र वित्तीय अधिकार स्थानीय सङ्घ–पालिकामा हस्तान्तरण गर्दै ६५ प्रतिशतभन्दा बढी राष्ट्रिय स्रोतमा पालिकाको प्रत्यक्ष नियन्त्रण सुनिश्चित गरिने उल्लेख छ। नागरिकले नीतिगत निर्णयमा प्रत्यक्ष भोट हाल्ने वा भोटाधिकार तत्काल विशेषज्ञलाई हस्तान्तरण गर्ने ‘लिक्युड भोटिङ प्लेटफर्म’ मार्फत सहभागितामूलक शासन प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
अध्यक्ष नुमा लिम्बु ‘चञ्चला’का अनुसार करुणा, धैर्यता र हेरचाहमा आधारित ‘नैतिक नेतृत्व’ नै नयाँ राजनीतिक यात्राको मेरुदण्ड हो। महिला–पुरुष नेतृत्व धेरैपटक देखेको समाजले अब तेस्रोलिंगी नेतृत्वको वैकल्पिक राजनीतिक मूल्य अनुभव गर्ने समय आएको उनले बताइन्। महासचिव मनिन्द्रसिंह दनुवारले पार्टी समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी, अपाङ्गता भएका व्यक्ति तथा मनोरञ्जन क्षेत्रका महिलाको नेतृत्वबाट जन्मिएको ऐतिहासिक पहल भएको बताए।
घोषणापत्रले दलित, मधेसी, महिला, अपाङ्गता भएका व्यक्ति र अन्य सीमान्तकृत समुदायका लागि अन्तरसम्बन्धित कोटा प्रणाली लागू गर्ने, पदमा चक्रीय प्रणाली ल्याएर शक्तिको केन्द्रीकरण रोक्ने तथा वातावरणलाई ‘न्यायको अविभाज्य आधार’ मान्ने नीति अघि सारेको छ। ग्रिन इकोनोमी, चक्रीय अर्थतन्त्र र स्थानीय नियन्त्रणमा आधारित विकास मोडेललाई पार्टीले आफ्नो मूल मार्गदर्शन बनाएको छ।
पहिलो संविधानसभा सदस्य तथा अग्रणी ीन्द्यत्त्तक्ष्ब्+ अभियन्ता सुनिल बाबु पन्तलाई पार्टीले प्रेरणादायक शक्ति तथा नीति–दृष्टिको प्रमुख आधारका रूपमा सम्मान गर्दै दनुवारले पन्तकै अनुभव र मार्गदर्शनबाट दल दर्ता सम्भव भएको बताए। सातै प्रदेशमा सम्पर्क कार्यालय विस्तार र सामाजिक सञ्जालमार्फत एजेन्डा तल्लो तहसम्म पु¥याउने रणनीति केन्द्रीय सदस्य विश्वराज अधिकारीले साझा गरे।
पार्टीकी प्रवक्ता प्रतीक्षा चापागाईँले स्वास्थ्य, शिक्षा र न्याय सेवा गाउँपालिकामै सुनिश्चित गर्ने, सिंहदरबारलाई कूटनीति, सेना र विदेशी मुद्रा व्यवस्थापनमा सीमित गर्ने तथा प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा उम्मेदवार खडा गर्ने जानकारी दिइन्। जेनजी–सरकार सम्झौताको स्वागत गर्दै पार्टीले तत्काल कार्यान्वयनको माग पनि गरिएको छ।
फागुन २१ को चुनावलाई लक्षित गर्दै पार्टीले प्रविधिमार्फत देशव्यापी अभियान चलाउने तयारी गरेको छ। समावेशी, सहभागितामूलक र करुणा–केन्द्रित नयाँ राजनीतिक मूल्यको पक्षमा उभिन सबै नागरिकलाई पार्टीले आव्हान गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव