emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हनुमाननगर बहुप्राविधिक शिक्षालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

source e-Madhesh २०८२ मंसिर २४ गते , बुधबार
0
Shares
137
Views
हनुमाननगर बहुप्राविधिक शिक्षालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

लिलाकान्त यादव,
राजविराज, २४ मंसिर ।
हनुमाननगर कंकालिनी–९ स्थित हनुमाननगर बहुप्राविधिक शिक्षालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ। शिक्षालयका प्रिन्सिपल निरञ्जन कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हकनपा–९ का वडाध्यक्ष हरिचन्द्र बर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमका विशिष्ट अतिथिहरूमा शिक्षलयका सञ्चालक समितिी सदस्य दिनेश यादव, हकनपा–२ का वडाध्यक्ष सन्तोष कुमार यादव र वडा नं. ७ का वडाध्यक्ष राजेश्वर ठाकुर रहेका थिए। साथै महावीर माविका प्रअ ललिता साह सहित शिक्षालयका शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई स्वागत गरिएको थियो भने अन्तिम सेमेस्टरका विद्यार्थीहरूलाई टोकन अफ लभले सम्मानसहित विदाई गरिएको थियो । विशिष्ट अतिथि तथा अतिथिहरूले विद्यार्थीको शैक्षिक भविष्य र पेशागत सफलताका लागि शुभकामना व्यक्त गर्दै आफ्ना विचार प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै वातावरणलाई झनै उत्साहपूर्ण बनाएका थिए। कार्यक्रममा स्वागत मन्तव्य शिक्षालयका पूर्व प्रमुख मनिष यादवले राखेका थिए भने मंच संचालन शिक्ष्क मनिष झाले गरेका थिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव