emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मोरङको बुढीगंगा गाउँपालिकामा लैङ्गिक हिंसा, मानव अधिकार र कानूनी शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

source e-Madhesh २०८२ मंसिर २४ गते , बुधबार
0
Shares
53
Views
मोरङको बुढीगंगा गाउँपालिकामा लैङ्गिक हिंसा, मानव अधिकार र कानूनी शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
मोरङ, २४ मंसिर ।
 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर २३ गते बुढीगंगा गाउँपालिका–१ मा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। ‘लैङ्गिक हिंसा, मानव अधिकार र कानूनी शासन’ विषयक अभिमुखीकरणमा स्थानीय महिला समूह, आमा समूह तथा किशोरीसहित ५८ जनाको सहभागिता रहेको इन्सेकले जनाएको छ।
कार्यक्रमका प्रमुख सहजीकर्ता तथा इन्सेक कोशी प्रदेश संयोजक मनोहर कुमार पोखरेलले सबै प्रकारका हिंसा अन्त्य गर्न महिलाको राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सम्मानजनक उपस्थिति र समान सहभागिता आवश्यक रहेको बताउँदै विभेद र हिंसाका कारक तत्व पहिचान गरी समाधानतर्फ अघि बढ्न आग्रह गरे। उनले स्वतन्त्रता, समानता र मर्यादित जीवन मानव अधिकारको आधार भएकाले समन्यायपूर्ण समाज निर्माण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।
इन्सेकद्वारा गठन गरिएको मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बाँस्कोटाले असमानताको अन्त्य गर्दै सबै वर्गलाई समान न्याय र अधिकार उपलब्ध गराए मात्र समतामूलक, शान्त र प्रगतिशील समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरिन्। डिजिटल युगमा पनि महिलामाथि भौतिक, मानसिक तथा सामाजिक हिंसाका नयाँ रूप देखा परेकाले आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको उनले बताइन्।
कार्यक्रमको उद्घाटन बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले गरेका थिए। उनले गाउँपालिकाले सामाजिक सुरक्षा, समान सहभागिता, कानूनी पालना र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै समतामूलक समाज निर्माणको सङ्कल्प लिएको उल्लेख गरे। जागरण तथा सचेतना अभिवृद्धिमा इन्सेकको सक्रिय सहयोग महत्वपूर्ण रहेको उनको भनाइ थियो।
उद्घाटन सत्रको अध्यक्षता उपाध्यक्ष अमृता कुमारी गच्छेदारले गरेकी थिइन्। उनले लैङ्गिकता, पहिचान र सामाजिक विभेदको अन्त्यका लागि परम्परागत संरचनामा सुधार अनिवार्य रहेको बताइन्। सामाजिक न्याय, सुशासन र समृद्धिसँग समानताको मुद्दा जोडिनुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष सोमराज काफ्ले, वडा नं. २ का अध्यक्ष रेवती नारायण चौधरी, वडा सदस्य मोहन प्रसाद खतिवडा, मिथिला आचार्य, सिडिओ नेपालकी कार्यक्रम संयोजक तनसा आचार्य, अपाङ्ग महासंघका शोभि यादवलगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन महिला बालबालिका शाखा प्रमुख निश्चलता कार्कीले गरेकी थिइन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव