emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

ललितपुरमा लैङ्गिक हिंसा विरुद्ध डिजिटल सचेतना कार्यक्रम सम्पन्न

source e-Madhesh २०८२ मंसिर २४ गते , बुधबार
0
Shares
141
Views
ललितपुरमा लैङ्गिक हिंसा विरुद्ध डिजिटल सचेतना कार्यक्रम सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
ललितपुरं, २४ मंसिर ।
 ‘प्रविधिको सही प्रयोगः लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०) अन्तर्गत विशेष डिजिटल सचेतना कार्यक्रम सम्पन्न भएको छ। शान्ति शिक्षा अभियान नेपाल र किन इन्डिया दिल्लीको संयुक्त आयोजनामा महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धि मंगल मा.वि., गोदावरी नगरपालिका–५ को लेले गणेश महिला समूह र विभिन्न विद्यालयका विद्यार्थी तथा महिला समूहको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोकी प्र.स.नि. प्रकृति खड्काले डिजिटल युगमा बढ्दै गएको साइबर हिंसा, त्यसका प्रकार तथा बच्ने उपायहरूबारे विस्तृत जानकारी दिईन्। उनले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत हुने दुरुपयोगले महिलामाथि विभिन्न किसिमका हिंसा बढिरहेको बताउँदै सुरक्षित प्रयोगका उपायहरू अपनाउन आग्रह गरिन्।
सचेतना कार्यक्रमको संयोजन विश्वकीर्तिमानी सगरमाथा आरोही तथा बालविवाह रोकथाम र मानव बेचविखन विरुद्धका अभियन्ता कल्पना महर्जनले गरेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत बालविवाह र मानव बेचविखनजस्ता अपराधले समेत प्रश्रय पाउँदै आएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रम ग्रामीण तथा शहरी दुवै क्षेत्रमा अत्यन्त आवश्यक रहेको बताइन्।
कार्यक्रम सहभागीहरूले डिजिटल हिंसा रोकथाम तथा सुरक्षित अनलाइन व्यवहारबारे उपयोगी जानकारी पाएको बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव