emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवः मानव अधिकार सुनिश्चितताप्रति राज्य अझ जिम्मेवार बन्नुपर्छ

source e-Madhesh २०८२ मंसिर २४ गते , बुधबार
1
Shares
112
Views
उपराष्ट्रपति यादवः मानव अधिकार सुनिश्चितताप्रति राज्य अझ जिम्मेवार बन्नुपर्छ

लिलाकान्त यादव,
काठमाडौँ, २४ मंसिर । 
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२५ को अवसरमा जारी सन्देशमार्फत् नेपालले संविधानप्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयन र न्यायपूर्ण समाज निर्माणतर्फ निरन्तर अग्रसर रहनुपर्ने आवश्यकता औँल्याएका छन्। डिसेम्बर १० मा मनाइने सो दिवसको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
सन् १९४८ मा संयुक्त राष्ट्रसंघले पारित गरेको विश्वव्यापी मानव अधिकार घोषणापत्रले सबै मानवलाई बिना भेदभाव समान अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत अधिकारमा सबै समुदायको समान पहुँच कायम गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
उपराष्ट्रपति यादवले अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, मधेशी, दलित र अन्य अल्पसंख्यक समुदायका अधिकार संरक्षणलाई समावेशी लोकतन्त्रको मुख्य आधारका रूपमा चित्रण गरे। उनले हालैको ‘जेनजी’ आन्दोलनले युवा पुस्ताको असन्तोष प्रष्ट पारेको बताउँदै सुशासन, पारदर्शिता र समान अवसर सुनिश्चित गर्न राज्य संयन्त्रले अझ संवेदनशील बन्नुपर्ने आवश्यकता स्पष्ट भएको उल्लेख गरे।
मानव अधिकार उल्लंघन कुनै पनि रूपले अस्वीकार्य रहेको बताउँदै उनले विभेद, अन्याय र अत्याचारको अन्त्यका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको जनाए। मानव अधिकार दिवसले नेपाललाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र मानव गरिमाको मार्गमा अझ जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास पनि उनले व्यक्त गरे।
सन्देशको अन्त्यमा उपराष्ट्रपति यादवले अधिकार सम्पन्न नागरिक नै राष्ट्रिय समृद्धिको आधारस्तम्भ भएको उल्लेख गर्दै सबैमा मानव अधिकार दिवसको शुभकामना व्यक्त गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव