emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम

source e-Madhesh २०८२ मंसिर २३ गते , मंगलबार
0
Shares
50
Views
किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २३ मंसिर । 
नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा राष्ट्रिय किसान सञ्जालका संस्थापक अध्यक्ष बामदेव गौतमले किसान र कृषि क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सके मुलुकको अर्थतन्त्र माथि उठ्ने दाबी गरेका छन्। सोमबार ललितपुरमा राष्ट्रिय किसान सञ्जालद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले किसानको लामो संघर्षकै परिणामस्वरूप समाजवाद उन्मुख संविधान निर्माण भएको बताउँदै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न अझै धेरै मेहनत आवश्यक रहेको उल्लेख गरे।
गौतमले कृषकका हक–अधिकार संविधानमा स्पष्ट राखिए पनि कार्यान्वयन कमजोर भएकाले थप संघर्ष र सक्रियता आवश्यक पर्ने बताए। उनले आगामी निर्वाचनमा पार्टीले स्पष्ट बहुमत पाए कृषि क्षेत्रमा अभुतपूर्व परिवर्तन ल्याई देशलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गर्दै “कृषि प्रधान देशको नामलाई वास्तविकतामा रूपान्तरण गरिन्छ” भने।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले किसानको मुद्दालाई एकीकृत रूपमा अघि बढाउन सञ्जालले महत्वपूर्ण भूमिका खेलिरहेको बताए। महासंघका इञ्चार्ज बलराम बास्कोटाले विचार भिन्नता भए पनि किसान हितका साझा कार्यक्रममा सबैसँग सहकार्य भइरहेको जानकारी दिए।
महासंघका अध्यक्ष बलदेव चौधरीले प्राकृतिक स्रोतको उचित व्यवस्थापन भए ३ करोड नेपालीलाई सहजै खाद्यान्न उपलब्ध गराउन सकिने धारणा व्यक्त गरे। अन्य वक्ताहरू—भैरव रेग्मी, मिना तामाङ, कमल गैरे, प्रेम थापा, सोम आचार्य, निर्दोष तिमिल्सिना, सचिव गोविन्द शर्मा तथा ईयूका वरिष्ठ कार्यक्रम अधिकृत मिन हमाल—ले कृषि विकास, बजार व्यवस्थापन, मूल्य श्रृङ्खला र किसान सशक्तिकरणका विविध विषयमा आ–आफ्ना धारणा राखे।
कार्यक्रममा काजल बज्राचार्यले परियोजनाको विषयवस्तु प्रस्तुत गरिन् भने महासचिव नहेन्द्र खड्काले एसिया प्रसान्त किसान कार्यक्रमसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सञ्जाललाई अझ प्रभावकारी बनाउन प्रतिवद्धता जनाए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव