emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न

source e-Madhesh २०८२ मंसिर २३ गते , मंगलबार
0
Shares
54
Views
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न


ईमधेश न्यूज सम्वाददाता,
मोरङ्ग, २२ मंसिर ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगर र बुढीगंगा गाउँपालिकाको संयुक्त आयोजनामा बुढीगंगा–६ मा ‘मर्यादा, समानता–मानव अधिकारका लागि मर्यादित महिनावारी’ नारासहित अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा आयोजित कार्यक्रममा महिनावारीलाई मानव अधिकारका रूपमा स्वीकार गर्दै सबै प्रकारका भेदभाव अन्त्य गर्नुपर्ने संदेश दिइयो।
कार्यक्रममा महिला अधिकार, किशोरी शिक्षा तथा अन्तरपुस्तागत न्यायका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेल र मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बाँस्कोटाले सहजीकरण गरेका थिए।
पोखरेलले महिनावारी प्राकृतिक र वैज्ञानिक प्रक्रिया भएकाले यसलाई सम्मानपूर्वक बुझ्न र सुरक्षित ढङ्गले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। उनले महिनावारीलाई आधार बनाइ हुने विभेद मानव अधिकारविपरीत रहेको उल्लेख गरे।
देबी बाँस्कोटाले बालविवाह, दाईजो, बहुविवाह, जातीय विभेद, भ्रुण हत्या लगायतका लैङ्गिक हिंसाले समाजको प्रगतिलाई अवरुद्ध पारेको भन्दै सुरक्षित र सचेत समाज निर्माणमा सबैजना जिम्मेवार बन्न आग्रह गरिन्।
कार्यक्रम उद्घाटन गर्दै बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छेदारले हिंसा न्यूनीकरणका लागि गाउँपालिकाले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमबारे जानकारी दिँदै महिलाहरूलाई हिंसा विरुद्ध खुला रूपमा आवाज उठाउन प्रेरित गरिन्।
महिला तथा बालबालिका शाखाका प्रमुख निश्चलता कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न शाखाका प्रतिनिधि, आमा समूह तथा स्थानीय किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव