emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना

source e-Madhesh २०८२ मंसिर २१ गते , आइतबार
0
Shares
127
Views
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना

लिलाकान्त यादव,
राजविराज, २१ मंसिर ।
जनता समाजवादी पार्टी (जसपा–नेपाल) ले देशव्यापी संघर्षका कार्यक्रमअन्तर्गत राजविराजस्थित जिल्ला प्रशासन कार्यालय अगाडि दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना जारी राखेको छ। प्लेकार्ड र ब्यानरसहित गौरवपूर्ण उपस्थितीसँग धर्नामा सहभागी कार्यकर्ताहरूले सरकारलाई आफ्ना मागहरू सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन्।
पार्टीले संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व, राज्य पुनःसंरचना, पहिचानका मुद्दा, सामाजिक न्याय, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायत विषय समेटिएका २९ बुँदे माग सार्वजनिक गरेको छ। जसपा–नेपालले प्रदेशलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने, संसद तथा निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक बनाउने, दलित–महिला–सीमान्तकृत समुदायहरूको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्ने, तथा ILO––१६९ र UNDRIP  अनुसार आदिवासी जनजातिका अधिकार कार्यान्वयनको माग पनि उठाएको छ।
त्यसैगरी, जनजी आन्दोलनका माग सम्बोधन, शिक्षा–स्वास्थ्यमा व्यापारीकरण अन्त्य, बेरोजगार युवाका लागि बेरोजगारी भत्ता, कृषिमा आधुनिकीकरण, सुकुम्बासी व्यवस्थापन, पहिचानअनुसार प्रदेश नामांकन तथा ऐतिहासिक आन्दोलनहरूमा लगाइएका मुद्दा खारेजजस्ता विषय पार्टीका प्रमुख एजेन्डामा रहेका छन्।
संघर्षका कार्यक्रमअनुसार मंसिर १० गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, मंसिर ११–१५ गते देशभर कोणसभा र विरोध प्रदर्शन गर्ने, मंसिर १९–२० गते जिल्लास्थरमा धर्ना तथा मंसिर २७ देखि पुस ४ गतेसम्म विरोधसभा आयोजना गरिने जनाइएको छ।
पार्टीले माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने चेतावनी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव