emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

source e-Madhesh २०८२ मंसिर २१ गते , आइतबार
0
Shares
152
Views
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २१ मंसिर ।
 मधेश प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनीहरूलाई शपथ खुवाएका हुन्।
शपथ लिनेहरूमा नेपाली कांग्रेसका जंगीलाल राय यादव, नेकपा एकीकृत समाजवादीका कनिश पटेल र जनमत पार्टीका महेश प्रसाद यादव रहेका छन्। राय यादव र पटेलले बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् भने जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्।
यसअघि नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई कांग्रेस, जसपा नेपाल, जनमत, लोसपा, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका थिए।
मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने तयारी गरिरहेका छन्। सरकारले बाँकी मन्त्रालयको टुंगो विश्वासको मतपछि गर्ने बताइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव