emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

source e-Madhesh २०८२ मंसिर २१ गते , आइतबार
0
Shares
150
Views
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २१ मंसिर ।
 मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। मुख्यमन्त्री यादवले यही मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरूले समर्थन जनाएका थिए।
यसअघिका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते पदबाट राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेसले पाएको हो। सरोज यादव संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए, तर सातदलीय गठबन्धनले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि सरोज यादवले राजीनामा दिएका थिए।
नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव