emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

source e-Madhesh २०८२ मंसिर २० गते , शनिबार
0
Shares
151
Views
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

मधेश न्यूज सम्वाददाता,
राजविराज, २० मंसिर ।
 जनचेतना अभियान नेपालले मंसिर २० गते दुखनीदेवी धर्मशालामा आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका निवर्तमान संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह (रामबाबु)ले पानस बाली गर्नुभयो।
सभाको अध्यक्षता जनचेतना अभियान नेपालका अध्यक्ष तरुन साहले गरेका थिए । विशिष्ट अतिथिको रुपमा हकनपा उपमेयर र महदेवा गापा उपाध्यक्ष, रहेका थिए भने अतिथीहरुको रुपमा हकनपाका ९ र १० नम्बर वडाध्यक्ष र विभिन्न विद्यालयका प्रअहरू लगायतका उपस्थित थि ए। कार्यकारी निर्देशक जुही कुमारी ठाकुरले संस्थाका वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने मावि मधवापुरका गणेशी यादव र प्रेस युनियन नेपालका विनय कर्णले शुभकामना मन्तव्य राखेका थिए ।
आर्थिक वर्ष २०८१÷८२ संस्थाका लागि रूपान्तरणकारी वर्ष सावित भएको बताइएको छ। यस अवधिमा मधेस प्रदेश, सप्तरीमा बालअधिकार, महिला सशक्तिकरण, ध्ब्क्ज्, ज्येष्ठ नागरिक हेरचाह र जीविकोपार्जनमा लक्षित परियोजनाहरू कार्यान्वयन गरियो।
मुख्य उपलब्धिहरूमा ६ परियोजना मार्फत २,६०० भन्दा बढी व्यक्तिहरू लाभान्वित भएका छन्। ५० महिलालाई व्यवसायिक तालिम प्रदान गरियो, १० विद्यालयमा ध्ब्क्ज् सुविधा सुधार गरियो, महिला हिंसा र बालविवाह सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरियो, र १०० ज्येष्ठ नागरिकलाई समाजमा योगदान पुर्याएको सम्मान दिइयो।
संस्थाका प्रमुख साझेदारहरूमा सेभ दि चिल्ड्रेन र ल्ऋभ् ल्भउब िरहेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव