emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी

source e-Madhesh २०८२ मंसिर २० गते , शनिबार
0
Shares
53
Views
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २० मंसिर ।
 माङमालुङ चिया बगानमा सञ्चालकहरूद्वारा करोडौँ रुपियाँ हिनामिना गरिएको आरोप सार्वजनिक भएपछि पीडित शेयरधनीहरूले न्यायका लागि अदालत जाने तयारी गरेका छन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बगानका अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने लगायतले दीर्घकालीन योजना बनाएर बगानको सम्पत्ति व्यक्तिगत फाइदाका लागि दुरुपयोग गरेको आरोप लगाइयो।
उपत्यका संयोजक हिमाल राईले ८० रोपनी बगानजग्गा अन्य शेयरधनीलाई नजानकारी दिई गैरकानुनी रूपमा बिक्री गरिएको दाबी गरे। शेयरधनी आङकाजी शेर्पा र गोम्बा शेर्पाले ‘माई होम माई गार्डेन’ नाममा सर्वसाधारणबाट उठाइएको ठूलो रकमको दर्ता–लगतसमेत नराखिएको बताए।
संस्थापक शेयरधनी बुद्धिबहादुर राई नेतृत्वको छानविन समितिले तयारी गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७२÷७३ देखि २०७८÷७९ सम्म करिब ९ करोड २१ लाख रुपैयाँको लेखापरीक्षण अपारदर्शी रहेको उल्लेख छ। अन्य शेयरधनीहरूले समेत हालसम्म १५ करोड रुपैयाँभन्दा बढी रकम नीतिगत रूपमा दुरुपयोग भएको आरोप लगाए।
बिल–भर्पाई विना भुक्तानी, व्यक्तिगत ऋण कारोबारमा प्रक्रिया नअपनाउने, मजदुर ज्यालामा मनपरी भुक्तानी, लेखा समितिको सुझाव उपेक्षा लगायतका अनियमितता उजागर भएको छ। उनीहरूले कम्पनी बचाउन तथा दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन अदालतिको ढोका ढकढकाउन बाध्य भएको बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव