emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन

source e-Madhesh २०८२ मंसिर २० गते , शनिबार
0
Shares
51
Views
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २० मंसिर ।
आगामी राष्ट्रियसभा सदस्य निर्वाचन (माघ ११, २०८२) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१, २०८२) लक्षित गर्दै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समावेशीता, सुशासन र मर्यादित निर्वाचन अभ्यास सुनिश्चित गर्ने उद्देश्यसहित २० बुँदे निर्देशन जारी गरेको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम जारी गरिएको निर्देशनमा दलहरूले संविधान र विद्यमान कानुनअनुसार उमेदवारी, प्रचार–प्रसार र आचरणका विषयमा अनिवार्य रूपमा पालना गर्नुपर्ने स्पष्ट उल्लेख छ।
महिला प्रतिनिधित्व अनिवार्य
निर्देशनका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्नु अघि कम्तीमा एकतिहाई महिला उम्मेदवार अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। साथै सन् २०३० भित्र संसदमा महिला प्रतिनिधित्व ४० प्रतिशत पु¥याउने राष्ट्रिय लक्ष्य पूरा गर्न दलहरूले प्रभावकारी नीति तथा योजनाहरू अघि बढाउनुपर्ने आयोगको आग्रह छ।
समावेशी समानुपातिकता प्राधान्यमा
उम्मेदवार छानोटका क्रममा नेपालको सामाजिक तथा सांस्कृतिक विविधता प्रतिविम्बित हुनेगरी समानुपातिक समावेशी सिद्धान्त अपनाउन आयोगले दलहरूलाई निर्देशन दिएको छ। महिलासहित दलित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा अन्य विविध समुदायको सहभागिता बढाउन तालिम, सेमिनार र कार्यक्रम सञ्चालन गर्नु पर्ने आयोगको धारणा छ।
अपाङ्गमैत्री मतदान व्यवस्था
मतदानस्थल, मतदान केन्द्र तथा मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन दलहरूले सहयोग गर्नुपर्ने आयोगको आग्रह गरिएको छ।
प्रचार–प्रसारमा मर्यादाको कडाइ
निर्वाचन प्रचार–प्रसारका क्रममा
– महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति वा लक्षित समूहलाई अपमान हुने,
– धम्की, लाञ्छना वा चरित्र हत्या गर्ने,
– द्वेषपूर्ण सामग्री प्रवाह गर्ने
कुनै पनि गतिविधि नगर्न आयोगले कडा निर्देशन दिएको छ।
त्यसैगरी सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना नफैलाउन दलहरूले विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्।
घोषणापत्र अनिवार्य पेस गर्नुपर्ने
दलहरूले आफ्ना निर्वाचन घोषणापत्र आयोगमा पेश गरी त्यसकै आधारमा प्रचार–प्रसार गर्नु पर्ने, बन्द सूची समयमै सार्वजनिक गर्नुपर्ने र कानुनी प्रावधानको कडाइका साथ पालना गर्नुपर्ने आयोगले स्मरण गराएको छ।
अलोकतान्त्रिक गतिविधिमा कडा चेतावनी
एक दलले अर्को दलको निर्वाचन गतिविधिमा वाधा, अवरोध, थुनछेक वा निषेध गर्ने कुनै पनि अलोकतान्त्रिक अभ्यास नगर्न–नगराउन आयोगले सचेत गराएको छ।
सहायक प्रवक्ता प्रकाश न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक दलहरूले जिम्मेवारीपूर्ण, मर्यादित र कानुनसम्मत ढंगले निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्ने उल्लेख गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव