emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादव: निद्राजन्य विकारसँग लड्न सचेतना, नीति–व्यवस्था र अनुसन्धान अपरिहार्य

source e-Madhesh २०८२ मंसिर २० गते , शनिबार
0
Shares
83
Views
उपराष्ट्रपति यादव: निद्राजन्य विकारसँग लड्न सचेतना, नीति–व्यवस्था र अनुसन्धान अपरिहार्य

लिलाकान्त यादव,
काठमाडौं, २० मंसिर ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले निद्राजन्य विकार (स्लीप डिसअर्डर्स) बढ्दो स्वास्थ्य चुनौती बनेको भन्दै यसको रोकथाम र व्यवस्थापनका लागि व्यापक सचेतना, अनुसन्धान र नीति–स्तरको प्राथमिकता आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा ‘नेप्लीज सोसाइटी अफ स्लीप डीसअर्डर्स’ द्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आधुनिक जीवनशैली, शहरीकरण, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले स्लीप डिसअर्डर्सको समस्या चर्किँदै गएको उल्लेख गरे।
उपराष्ट्रपति यादवका अनुसार निद्रा शरीर, मन र आत्मालाई सन्तुलनमा राख्ने महत्वपूर्ण प्राकृतिक उपचार हो, जसको कमीले मानसिक तनाव, मधुमेह, उच्च रक्तचाप जस्ता समस्यालाई झनै बढाइरहेको छ। उनले बेरोजगारी, आर्थिक असुरक्षा तथा सामाजिक दबाबले पनि निद्रामा नकारात्मक असर पारिरहेको बताए।
निद्राजन्य विकारले व्यक्तिगत जीवनसँगै सामाजिक–आर्थिक विकासमा समेत असर पार्ने उल्लेख गर्दै यादवले स्वस्थ जीवनशैली, ध्यान, योग, व्यायाम र समयमै चिकित्सकसँग परामर्शलाई अपनाउन आग्रह गरे।
उपराष्ट्रपतिले विद्यालयदेखि समुदायसम्म निद्राको महत्त्वबारे जनचेतना वृद्धि, नेपालमै स्लीप मेडिसिनका विशेषज्ञ उत्पादन, स्वास्थ्य नीतिमा निद्रा–सम्बन्धी समस्या पहिचान र उपचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउन पनि सुझाव दिए।
कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञ, चिकित्सक तथा अनुसन्धानकर्ताको प्रयासले नेपालमा बढ्दै गएको निद्राजन्य विकार न्यूनिकरणमा ठोस योगदान पुग्ने विश्वास उपराष्ट्रपतिले व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव