emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सम्माननीय उपराष्ट्रपति यादव र सार्क महासचिवबीच शिष्टाचार भेट

source e-Madhesh २०८२ मंसिर १९ गते , शुक्रबार
0
Shares
143
Views
सम्माननीय उपराष्ट्रपति यादव र सार्क महासचिवबीच शिष्टाचार भेट

लिलाकान्त यादव, काठमाडौं, मंसिर १९ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग सार्कका महासचिव मोहम्मद गोलाम सरवरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा दुवै पक्षबीच सार्क क्षेत्रका पछिल्ला राजनीतिक परिवर्तन्, क्षेत्रीय सहयोगका सम्भावना तथा बहुआयामिक विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवले नेपाल सार्कको संस्थापक तथा वर्तमान अध्यक्ष राष्ट्रका रूपमा महासचिवको कार्य सम्पादनमा नेपाल सरकार पूर्ण रूपमा सहयोगी रहने बताउनुभयो। उहाँले यस वर्ष सार्क चार्टर हस्ताक्षरको ४०औँ वार्षिकोत्सवका अवसरमा महासचिवलाई बधाई दिँदै क्षेत्रीय संगठनले चुनौतीहरूलाइ पार गर्दै जनअपेक्षा अनुरूप अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। नेपालको राजनीतिक विकासक्रमको सन्दर्भमा उपराष्ट्रपति यादवले जेन–जी आन्दोलनपछि देश आम निर्वाचनतर्फ उन्मुख भएको जानकारी दिए। आगामी मार्चमा हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्नु सरकारको मुख्य प्राथमिकता रहेको उहाँले स्पष्ट गर्नुभयो। सार्कका उपलब्धि र संरचनाबारे बोल्दै उपराष्ट्रपति यादवले स्थापना भएको ३७ वर्षमा आपसी सहयोगका धेरै महत्त्वपूर्ण उपलब्धि हासिल भएको र दक्षिण एशियाली क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक प्रगतिमा सार्क महत्वपूर्ण माध्यम बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले १९औँ सार्क शिखर सम्मेलन रोकिएको कारण संगठनको क्रियाशीलतामा परेको असर औंल्याउँदै अवरुद्ध सम्मेलन छिट्टै आयोजना गर्न सदस्य राष्ट्रहरू सहमतिमा पुग्ने आशा व्यक्त गर्नुभयो। नेपालले सदस्य राष्ट्रबीच एकता र ऐक्यवद्धताको भावना मजबूत बनाएर सार्क प्रक्रियालाई अघि बढाउन प्रतिबद्ध रहेको पनि उहाँको भनाइ थियो। महासचिव सरवरले नेपाल सरकारको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै सदस्य राष्ट्रहरूको सहकार्य विना सार्क प्रभावकारी बन्न नसक्ने उल्लेख गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव