emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विदेशमा रहेका नेपालीका लागि मतदान सुनिश्चित गर्न सनपाको जोड

source e-Madhesh २०८२ मंसिर १८ गते , बिहीबार
0
Shares
95
Views
विदेशमा रहेका नेपालीका लागि मतदान सुनिश्चित गर्न सनपाको जोड

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १८ मंसिर ।
 संयुक्त नागरिक पार्टी (सनपा)ले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था तत्काल सुनिश्चित गर्न सरकार र राजनीतिक दलसमक्ष माग गरेको छ। राजधानीको संवाद डबलीमा बिहिबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले निर्वाचन तोकिएको समयमा नहुँदा देश नै दुर्घटनामा पर्ने चेतावनी दियो।
कार्यक्रममा पार्टी अध्यक्ष दलमर्दन कामीले जेनजी विद्रोहबाट बनेको वर्तमान सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने र निर्धारित समयसीमाभित्रै चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिए। दमनकारी तथा घुसपैठी तत्वहरू सक्रिय बन्दै गएको उल्लेख गर्दै उनले ती सबैलाई कानुनी दायरामा ल्याउन माग गरे। गितार चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको जानकारी दिँदै अध्यक्ष कामीले मतदातालाई गितारमा विश्वासको मत दिन अपिलसमेत गरे।
उपाध्यक्ष डा. शिवहरि भट्टराईले पछिल्ला दिनमा दल तथा नेताहरू लोकप्रियता कमाउने नाममा समाजमा उत्तेजना पैदा गर्ने गतिविधि बढेको भन्दै चिन्ता व्यक्त गरे।
महासचिव डा. तेजबहादुर रोक्काले विदेशमा रहेका लाखौँ नेपालीको मताधिकार निरन्तर उपेक्षा हुँदै आएको आरोप लगाए। “एक पटकको नेपाली सधैंका लागि नेपाली” भन्ने मन्तव्य राख्दै उनले विदेशबाटै मतदान गर्ने व्यवस्था तत्काल लागू गर्नुपर्ने माग दोहो¥याए।
सह–महासचिव तथा प्रवक्ता विदुर अधिकारीले जेनजी पुस्ताको बलिदान स्मरण गर्दै सबै अग्रगामी शक्ति एकताबद्ध भएर चुनावी मैदानमा उत्रिनुपर्नेमा जोड दिए। उनले पुरानादलले जरा गाडेको कुशासनलाई परास्त गर्न नयाँ पुस्ता र नयाँ राजनीतिक शक्तिहरू एकीकृत अभियानमा उभिनुपर्ने तर्क गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव