emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उधौली, यमरीपुन्हींः र ज्यापु दिवस २०८२का अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

source e-Madhesh २०८२ मंसिर १८ गते , बिहीबार
0
Shares
130
Views
उधौली, यमरीपुन्हींः र ज्यापु दिवस २०८२का अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

लिलाकान्त यादव,
काठमाडौं, १८ मंसिर ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उधौली पर्व, यमरीपुन्हींः (धान्यपूर्णिमा) तथा ज्यापु दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले यी पर्वहरूले नेपालमा सांस्कृतिक विविधता, समावेशिता र सामाजिक ऐक्यबद्धताको सन्देश प्रसारण गर्ने उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले किराँत समुदायको महान पर्व उधौली प्रकृतिप्रति कृतज्ञता र सम्मान व्यक्त गर्ने सांस्कृतिक धरोहर भएको बताएका छन्। राई, लिम्बू, सुनुवार, याक्खा लगायत समुदायले मनाउने साकेला नृत्यले मानव–प्रकृति सम्बन्धलाई उजागर गर्दै राष्ट्रिय पहिचान बलियो बनाउने उल्लेख गरिएको छ।
त्यसैगरी, नेवार समुदायमा मनाइने यमरीपुन्हींः नयाँ अन्नप्रति कृतज्ञता प्रकट गर्ने मौलिक अवसर भएको उपराष्ट्रपतिले बताए। योमरी अर्पण गर्ने परम्पराले समृद्धि, साझेदारी र पारिवारिक एकताको भावना मजबूत बनाउने उनको भनाइ छ।
उहाँले नेवार समुदायकै ज्यापु दिवसले सांस्कृतिक संरक्षण, पहिचान सुरक्षित राख्न समर्पित प्रयासमा प्रेरणा दिने बताए। धिमे बाजाका तालमा प्रस्तुत झाँकीहरूले समृद्ध सांस्कृतिक परम्परा भावी पुस्तासम्म पु¥याउने कार्यमा सहयोग पुग्ने उनको टिप्पणी छ।
उपराष्ट्रपति यादवले यी पर्वहरूले राष्ट्रिय एकता, सांस्कृतिक गौरव र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ सबै मिलेर अघि बढ्न आग्रह गरेका छन्।
अन्त्यमा, उनले यी पर्वहरूले देशका सबै नागरिकमा उत्कृष्ट ऊर्जा, प्रेरणा र आशा सञ्चार गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव