emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाको लागि दाबी आह्वान

source e-Madhesh २०८२ मंसिर १७ गते , बुधबार
0
Shares
65
Views
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाको लागि दाबी आह्वान

प्रदेश–२, जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) बमोजिम मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष राजीनामा बुझाउनु भएको थियो। सो राजीनामा मधेश प्रदेश प्रमुखले मिति २०८२ मंसिर १७ गते स्वीकृत गरेका छन्। राजीनामा स्वीकार भएपछि संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री चयनका लागि प्रक्रिया अघि बढाइएको छ। प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कुनै पनि प्रदेश सभा सदस्यले आफ्नो दाबी पेश गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि इच्छुक सदस्यहरूले मंसिर १९ गते, शुक्रवार, साँझ ५ बजेभित्र दाबी पेश गर्नुपर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ। मधेश प्रदेशमा हाल सत्ता समीकरण परिवर्तनसँगै नयाँ गठबन्धन गठन हुने चर्चा चर्किएको छ। दाबी प्रस्तुत गर्ने समयसीमा नकट्दै राजनीतिक दलहरूबीच छलफल तीव्र भइरहेको जनाइएको छ। नयाँ मुख्यमन्त्री चयनसँगै प्रदेशको राजनीतिक दिशाबारे स्पष्टता आउने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव