emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मुख्यमन्त्री यादवले दिए राजीनामा, २२ दिनमै मधेश प्रदेशमा फेरबदल

source e-Madhesh २०८२ मंसिर १७ गते , बुधबार
0
Shares
213
Views
मुख्यमन्त्री यादवले दिए राजीनामा, २२ दिनमै मधेश प्रदेशमा फेरबदल

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १७ मंसिर ।
 सर्वोच्च अदालतको परमादेशपछि २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने बाध्यताबीच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमै उनले विश्वासको मत नपाउने अवस्था स्पष्ट भएपछि पदबाट राजीनामा घोषणा गरेका हुन्।
यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलका नेता भएको हैसियतमा बर्दिबासको पानस कटेजमा झिसमिसेमै नियुक्त गरेकी थिइन्। विवादास्पद किसिमले भएको यो नियुक्तिपछि आलोचना चुलिएको थियो। यही विषयलाई लिएर संघीय सरकारले भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।
विश्वासको मतका लागि बोलाइएको प्रदेशसभा बैठकमा विपक्षी सात दल सहभागी भएनन्। विपक्षी बेन्च पूरै खाली रहँदा एमालेका सांसद मात्र बैठकमा उपस्थित थिए। राप्रपाका तर्फबाट मन्त्री कञ्चन बिच्छा र नेपाल संघीय समाजवादी पार्टीकी मन्त्री बिमला अन्सारी पनि बैठकमा सहभागी थिए।
‘मेरो नियुक्ति नै बाध्यात्मक थियो, त्यसैले विश्वासको मत लिने–नलिने प्रश्न रहँदैन,’ यादवले राजीनामाअघि भने, ‘जति दिन सरकारमा रह्यौँ, जनताको काम मात्र गर्यौँ।’ उनले सांसदहरू बैठक बहिष्कारमा गएको कारण आफूले विश्वासको मत लिन नसकेको बताए।
२२ दिनको कार्यकालपछि यादवको राजीनामासँगै मधेश प्रदेशमा फेरि नयाँ सत्ता समीकरण बन्ने संकेत देखिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव