emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विपक्षीविहीन सभामा मुख्यमन्त्री यादवले विश्वासको मत मागे

source e-Madhesh २०८२ मंसिर १७ गते , बुधबार
0
Shares
134
Views
विपक्षीविहीन सभामा मुख्यमन्त्री यादवले विश्वासको मत मागे

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १७ मंसिर ।
 विश्वासको मत लिने कार्यसूचीअनुसार बुधबार बिहान बसेको प्रदेशसभाको बैठकमा अनुपस्थित भएका मुख्यमन्त्री सरोजकुमार यादव पुनः उपस्थित भएपछि स्थगित बैठक पुनः सुरु भएको छ। बैठक सञ्चालन गरिरहेकी उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिइन।
प्रस्ताव पेस गर्दै मुख्यमन्त्री यादवले प्रदेशको स्थिरता र सुशासनका लागि आफ्नो पक्षमा मत दिन सभासदहरूलाई आग्रह गरे। तर विश्वासको मत प्रक्रियामा विपक्षी सात दल भने सहभागी भएनन्। विपक्षी बेन्च पूरै खाली रहँदा बैठकमा एमालेका सांसद मात्र उपस्थित थिए। राप्रपाबाट मन्त्री बनेकी कञ्चन बिच्छा र नेपाल संघीय समाजवादी पार्टीकी मन्त्री विमला अन्सारी पनि बैठकमा सहभागी भए।
यसअघि बिहान ८ः३० बजे बसेको बैठकमा मुख्यमन्त्री उपस्थित नहुँदा उपसभामुखले बैठक स्थगित गरेकी थिइन्। सर्वोच्च अदालतको परमादेशअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिइए पनि आफूले पत्र ढिलो प्राप्त गरेको हुनाले बैठक दिउँसो २ बजे बोलाउन सचिवालयलाई आग्रह गरेको मुख्यमन्त्री यादवले बताएका थिए। तर सचिवालयले बिहान साढे ८ बजे नै बैठक बोलाएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव