emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मुख्यमन्त्री अनुपस्थित, विश्वासको मतको प्रक्रिया रोकिँदै प्रदेशसभा बैठक स्थगित

source e-Madhesh २०८२ मंसिर १७ गते , बुधबार
0
Shares
218
Views
मुख्यमन्त्री अनुपस्थित, विश्वासको मतको प्रक्रिया रोकिँदै प्रदेशसभा बैठक स्थगित

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १७ मंसिर ।
 मुख्यमन्त्री सरोजकुमार यादवको अनुपस्थितिमा प्रदेशसभाको बैठक अघि बढाइए पनि कार्यसूची सम्पन्न हुन नसक्दा बैठक स्थगित गरिएको छ। संविधानको धारा १६८(४) अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने कार्यसूची रहेको बैठक बुधवार बिहान ८ः३० बजे बस्दा सरकारका तर्फबाट कोही पनि उपस्थित थिएनन्।
सरकारको अनुपस्थितिपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मतका लागि प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक आजै दिउँसो २ बजेसम्मका लागि स्थगित गरिन्।
यसअघि, प्रदेशसभा सचिवालयले तोकेको समयमा पनि मुख्यमन्त्री यादव बैठकमा आएका थिएनन्।  विश्वासको मत प्रस्तुत गर्नुपर्ने जिम्मेवारी बोकेका मुख्यमन्त्री नै समयमा नआएपछि बैठक प्रारम्भ हुन ढिलाइ भएको हो।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि मुख्यमन्त्री यादवले आफूले मंगलबार दिउँसो ३ बजे मात्र आदेशको पत्र प्राप्त गरेको दाबी गर्दै विश्वासको मतका लागि बुधवार दिउँसो २ बजे बैठक बोलाउन सचिवालयलाई आग्रह गरेका थिए। तर सचिवालयले बिहान ८ः३० बजे नै बैठक राखेपछि विवाद उत्पन्न भएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव