emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण, सीमान्तकृत समूहको संयुक्त उदय

source e-Madhesh २०८२ मंसिर १६ गते , मंगलबार
0
Shares
62
Views
तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण, सीमान्तकृत समूहको संयुक्त उदय

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १६ मंसिर ।
 नेपालमा पहिलोपटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति र मनोरञ्जन क्षेत्रका महिलाहरू एकीकृत राजनीतिक शक्तिको रूपमा अघि आएका छन्। ‘समावेशी समाजवादी पार्टी’ नामक नयाँ दल उदयसँगै दशकौँदेखि पछाडि पारिएका समुदायहरू लोकतान्त्रिक शासनका केन्द्रमा प्रवेश गर्ने घोषणा गरिएको हो।
पार्टीका सल्लाहकार तथा संरक्षक सुनिल बाबु पन्तले यो पहल केवल नयाँ दल गठन नभएर सीमान्तकृत वर्गहरूको ऐतिहासिक उदय भएको बताए। उनका अनुसार, विभिन्न भेदभाव र बहिष्करण सहँदै आएका समूहले नेपाली लोकतन्त्रमा आफ्नो प्रभावकारी सहभागिता अनिवार्य भएको महसुस गराएका छन्।
तेस्रोलिंगी तथा अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) सर्वसम्मत रूपमा पार्टी अध्यक्ष बनेकी छन्। पन्तले उनको नेतृत्वलाई राज्यको निर्णय–प्रक्रियामा उपेक्षित समुदायहरूको शक्ति, आत्मसम्मान र क्षमताको अभिव्यक्ति रहेको बताए।
समावेशी समाजवादी पार्टीले भ्रष्टाचारविरुद्ध कडा संघर्ष, दिगो रोजगारी, नागरिक सहभागितामूलक लोकतन्त्र, वातावरण संरक्षण र सामाजिक न्यायलाई प्रमुख एजेन्डा बनाएको घोषणा गरेको छ।
पार्टीले आइतबार निर्वाचन आयोगमा दर्ता भई फागुन २१ गते हुने निर्वाचनमा सहभागिताको तयारी अघि बढाएको छ। उपाध्यक्ष पवन राईले यो दल देशभरका सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने ‘न्यायपूर्ण राजनीतिक विकल्प’ बन्ने विश्वास व्यक्त गरे।
प्रवक्ता प्रतीक्षा चापागाईले विविध पहिचान, अपाङ्गता, भौगोलिक र जातीय भेदभावबाट भइरहेका अन्याय अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताइन्।
समावेशी राजनीतिक संरचनाको नयाँ मोडेल निर्माणका रूपमा यो दलको उदयलाई सामाजिक तथा राजनीतिक रूपान्तरणको महत्वपूर्ण सुरुआत मानिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव