emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

अमेरिकी अनुदान रोकिँदा एचआईभी÷एड्स रोकथाम सेवा प्रभावित, सरकार अग्रसर हुनुपर्ने माग

source e-Madhesh २०८२ मंसिर १६ गते , मंगलबार
0
Shares
53
Views
अमेरिकी अनुदान रोकिँदा एचआईभी÷एड्स रोकथाम सेवा प्रभावित, सरकार अग्रसर हुनुपर्ने माग

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १६ मंसिर ।
 ३८ औँ विश्व एड्स दिवस सोमबार नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइएको छ। ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ मनाइएका कार्यक्रममा एचआईभी÷एड्स रोकथामका सेवामा देखा परिरहेको संकटबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि क्रियाशील ‘मायाको पहिचान नेपाल’ ले माइतीघरमा दीपप्रज्वलन गर्दै एचआईभी÷एड्सका कारण दिवङ्गत व्यक्तिहरूको सम्झना गर्यो। कार्यक्रममा बोल्दै संविधानसभाका पूर्वसदस्य तथा संस्थाका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले अमेरिकाले स्वास्थ्यसम्बन्धी अनुदान पूर्ण रूपमा रोकेपछि नेपालमा अत्यावश्यक सेवा अवरुद्ध भएको बताए।
उनका अनुसार यसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, यौनकर्मी, सुईद्वारा लागू औषध प्रयोगकर्ताजस्ता जोखिम समूह थप संवेदनशील बनेका छन्। “अनुदान बन्द हुँदा रोकथामका कार्यक्रम, सामग्री र सेवाहरू ठप्पजस्तै भएका छन्,” पन्तले भने, “अब नेपाल सरकारले नै यी सेवा उपलब्ध गराई नागरिकलाई बचाउन अग्रसर हुनुपर्छ।”
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हाल ३४ हजार ३३७ जना एचआईभी सङ्क्रमित छन्। तीमध्ये ७७ प्रतिशत मात्रै एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेका छन्। पछिल्लो तथ्याङ्कअनुसार दैनिक १.७ व्यक्तिमा नयाँ सङ्क्रमण पुष्टि भइरहेका छन्।
नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्यअनुसार ९५–९५–९५ सूचक हासिल गर्नुपर्नेछ। सरकार ६४ जिल्लाका ९६ एआरटी केन्द्रमार्फत निःशुल्क उपचार उपलब्ध गराउँदै आए पनि विशेषज्ञहरूले उपचार र रोकथाम सेवामा थप लगानी र निरन्तरता आवश्यक रहेको सुझाव दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव