emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहमा प्रहरी द्वारा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया परिचय कार्यक्रम

source e-Madhesh २०८२ मंसिर १५ गते , सोमबार
0
Shares
212
Views
भारदहमा प्रहरी द्वारा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया परिचय कार्यक्रम

भूपदेव माली १५ मंसिर, सप्तरी। सप्तरीको हनुमान नगर कंकालिनी नपाउ वडा नम्बर १ स्थित इलाका प्रहरी कार्यालय भारदहद्वारा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यालय प्रमुखको रूपमा नवआगन्तुक वरिष्ठ प्रहरी नायब निरीक्षकद्वारा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम तहत शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नव आगन्तुक व.प्र.ना.नि. संजय कुमार यादवले कार्यक्रममा बोल्दै 'ई.प्र.का. भारदहमा सवारी साधनको अभाव, मैन पावर सिमित र कार्य असीमित भएपनि नागरिक सेवा एवं शान्ति सुरक्षाको मार्गमा अडिग रहने छु' प्रतिबद्धता व्यक्त गरे। उनले लागुऔषध प्रयोगकर्ता (नसेडी),चोर र बदमासहरु समाजमा विकृति फैलाउने कार्य गर्ने गर्नाले यिनीहरूको पैरवी नगरिदिन सबैसँग अनुरोध गरे। सप्तरीको हनुमाननगर कंकालिनी नपा. वडा नम्बर १, ३ र ४ का जनप्रतिनिधिहरू, समाजसेवीहरू, बुद्धिजीवीहरू, व्यापारीहरू, राजनीति दलका प्रतिनिधिहरू एवं पत्रकार समेतको उपस्थिति रहेको कार्यक्रममा उपस्थित सबैको परिचय पश्चात ट्राफिक पोस्ट भारदहका प्रमुख प्र.स.नी. प्रकाश पाण्डे द्वारा ट्राफिक नियम सम्बन्धी विश्लेषण सहित अभिव्यक्ती दिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव