emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

उपराष्ट्रपति यादवसँग फिनल्याण्डका राजदूत पुहाक्काको शिष्टाचार भेट

source e-Madhesh २०८२ मंसिर १५ गते , सोमबार
0
Shares
131
Views
उपराष्ट्रपति यादवसँग फिनल्याण्डका राजदूत पुहाक्काको शिष्टाचार भेट

लिलाकान्त यादव,
काठमाडौं, १५ मंसिर ।
 नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री जुहानी पुहाक्काले आज लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेट वार्ता गरेका छन्। भेटवार्तामा दुई देशबीचको पुरानो मैत्री सम्बन्ध, द्विपक्षीय सहयोग तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा केन्द्रित छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।
उपराष्ट्रपति यादवले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको यतिबेला नेपाल–फिनल्याण्डबीचको सहकार्य दिगो रूपमा विकसित भइरहेको उल्लेख गर्दै फिनल्याण्डले वन क्षेत्र, जलवायु सहनशीलता, शिक्षा, सुरक्षित खानेपानी, विपद् व्यवस्थापन र लैङ्गिक समानतामा दिएको योगदान प्रशंसनीय रहेको बताए।
नेपाल आगामी वर्ष अतिकम विकसित मुलुकको सूचीबाट बाहिरिनेतर्फ उन्मुख भएको उल्लेख गर्दै उनले दिगो प्रगति सुनिश्चित गर्न फिनल्याण्डसहित विकास साझेदारहरूको प्रविधि, लगानी र आर्थिक सहयोग महत्वपूर्ण हुनेमा जोड दिए।
भेटमा राजदूत पुहाक्काले युरोपेली संघको सहकार्यमा नेपालमा सञ्चालन भइरहेको तीन प्रमुख विकास परियोजनाबारे जानकारी गराए। तीमध्ये कर्णालीमा दिगो पानी तथा सरसफाइ पहुँच सुधार, कर्णाली–सुदूरपश्चिममा जलवायु प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा प्राकृतिक स्रोत व्यवस्थापन, र मधेशसहित तीन प्रदेशमा विद्यालय सुदृढीकरण तथा शिक्षकहरूलाई उपकरण सामग्री उपलब्ध गराउने कार्यक्रम प्रमुख रहेका छन्।
दुवै पक्षले आगामी दिनमा पनि परस्पर हितका क्षेत्रमा सहकार्य निरन्तर बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव