emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

निर्वाचन आयोगको सूचनाः प्रतिनिधिसभा उपनिर्वाचनका लागि १२० दलले मागे चुनाव चिन्ह

source e-Madhesh २०८२ मंसिर १५ गते , सोमबार
0
Shares
72
Views
निर्वाचन आयोगको सूचनाः प्रतिनिधिसभा उपनिर्वाचनका लागि १२० दलले मागे चुनाव चिन्ह

र्ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १५ मंसिर ।
 आगामी २०८२ साल फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सहभागी हुन राजनीतिक दलहरूले चुनाव चिन्ह दर्ताका लागि सक्रियता बढाएका छन्। निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिका अनुसार आयोगले तोकेको मिति भित्र जम्मा १२० वटा राजनीतिक दलले चुनाव चिन्ह दर्ताका लागि आवेदन दिएका छन्।
आयोगको निर्णयअनुसार २०७९ साल मंसिर ४ गतेपछि नयाँ दर्ता भएका दलहरूले पनि २०८२ साल मंसिर १० गतेसम्म चुनाव चिन्ह दर्ता आवेदन दिन पाउने व्यवस्था थियो। सोहि अनुसार सयभन्दा बढी दलले फॉर्म दर्ता गराएको आयोगले जनाएको छ।
आयोगले दर्ता भएका निर्वाचन प्रयोजनका दल तथा एकल चुनाव चिन्ह प्रयोग गर्ने दलहरूसम्बन्धी विवरण प्रमाणित गर्ने प्रक्रिया सम्पन्न भइसकेको जनाएको छ। आवश्यक कागजातसहित दर्ता भएका दलहरुको सूची उम्मेदवार मनोनयन तथा आगामी निर्वाचन प्रक्रियामा प्रयोग हुने जनाइएको छ।
विज्ञप्तिमा आयोगले सबै दललाई कानुन अनुसार विधिवत् रूपमा प्रक्रिया पूरा गर्न आग्रह गर्दै आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव