emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

source e-Madhesh २०८२ मंसिर १३ गते , शनिबार
0
Shares
65
Views
सप्तरीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

लिलाकान्त यादव,
राजविराज, १३ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिका–१२ मा शनिबार भएको घरेलु हिंसाको घटनामा एक महिला श्रीमानकै खुकुरी प्रहारबाट घाइते भएकी छन्। वडा नम्बर १२ का ३५ वर्षीय कपिल सदाले तीब्र विवादको क्रममा ३० वर्षीया श्रीमती रुबिना देवी सदामाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहारका कारण रुबिनाको टाउकोमा गम्भीर चोट लागेर पाँच वटा टाँका लगाइएको छ। हाल उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको तथा अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटना हुँदा कपिल सदा मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटना पश्चात आरोपी कपिल सदालाई प्रहरीले तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले यसलाई गम्भीर घरेलु हिंसा मान्दै कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया सुरू गरेको बताएको छ।
स्थानीयवासीका अनुसार दम्पतीबीच पहिले पनि विवाद हुँदै आएको बताए पनि यसपटक घटना हिंसात्मक रूपमा बढेर गम्भीर घाइतेसम्म पुगेको हो। प्रहरीले समुदायमा घरेलु हिंसा रोकथाम तथा मादक पदार्थ दुरुपयोगका विषयमा जनचेतना आवश्यक रहेको बताएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव