emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वैवाहिक समानता दिवसः सङ्घर्ष र उपलब्धिको पुनस्र्मरण

source e-Madhesh २०८२ मंसिर १३ गते , शनिबार
0
Shares
136
Views
वैवाहिक समानता दिवसः सङ्घर्ष र उपलब्धिको पुनस्र्मरण

र्ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १३ मंसिर ।
नेपालमा इन्द्रेणी (रेनबो) विवाहलाई कानुनी मान्यता दिने सर्वोच्च अदालतको ऐतिहासिक अन्तरिम आदेश जारी भएको दुई वर्ष पूरा भएको अवसरमा आज विशेष कार्यक्रम हुँदैछ। असार १२ गते न्यायाधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासबाट जारी आदेशले सहमतिपूर्वक विवाह गर्न चाहने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका दुई वयस्कबीच हुने विवाहलाई दर्ता गर्न सकिने स्पष्ट निर्देश दिएको थियो।
यसका कारण लामो समयदेखिको कानुनी अस्पष्टता, राज्यको मौनता र सामाजिक अस्वीकारसँग जुधिरहेका समुदायका जोडीहरूले पहिलोपटक आशा र समानताको ढोका खुलेको महसुस गरेका छन्। सोही आदेशपछि २०८० मङ्सिर १३ गते लमजुङको दोर्दी गाउँपालिकामा माया गुरुङ र सुरेन्द्र पाण्डेले दक्षिण एसियामै पहिलो कानुनी इन्द्रेणी विवाह दर्ता गराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेका थिए।
उक्त महत्वपूर्ण दिनको सम्मानमा मायाको पहिचान नेपालले काठमाडौँको अनामनगरस्थित कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा सर्वोच्चको दूरदर्शी निर्णयप्रति कृतज्ञता व्यक्त गरिनुका साथै समावेशी विवाहका उपलब्धि, अवरोध, कानुनी सुधार र भविष्यको मार्गचित्रबारे विस्तृत चर्चासमेत हुनेछ। ऐतिहासिक जोडी माया र सुरेन्द्र कार्यक्रमका प्रमुख आकर्षण रहनेछन्। आयोजकले यस अवसरलाई समानता र अधिकारको उत्सवका रूपमा मनाउन सबैलाई आमन्त्रण गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव