emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

source e-Madhesh २०८२ मंसिर १२ गते , शुक्रबार
0
Shares
149
Views
 पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

काठमाडौं, २०८२ मंसिर १२ – पत्रकार दिपेन्द्र शर्माद्वारा लेखिएको ‘युद्ध पत्रकारिता’ पुस्तक राजधानीको संवाद डबलीमा एक समारोहका बीच सार्वजनिक गरिएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुस्तक लोकार्पण गर्दै जनयुद्धका क्रममा निर्भीक रूपमा काम गर्ने पत्रकारहरूको भूमिका नेपाली समाज र राजनीतिक परिवर्तनका लागि ऐतिहासिक रहेको उल्लेख गरे। पुस्तकमाथि टिप्पणी गर्दै दाहालले बारुद र मसीको संयोजन नै युद्ध पत्रकारिताको वास्तविकता भएको बताए। “बन्दुक र कलमको समायोजन, लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोलको मिश्रण आजको गणतन्त्र हो,” उनले भने। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जनयुद्धकालीन पत्रकारिता ‘मिसन पत्रकारिता’को रूपमा परिचित रहेको र अहिले पनि पत्रकारिता पर्दै गएको दबाबबीच मिसन पत्रकारिता निरन्तर जारी रहेको बताइन्। उनले नागरिकले सहज रूपमा सूचना पाउने अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्। समारोहमा पत्रकार महेश्वर दाहालले माओवादी जनयुद्धका समयदेखि युद्ध पत्रकारिताको अभ्यास व्यवस्थित रूपमा विकास भएको बताउँदै यसको दस्तावेजीकरण आवश्यक रहेको उल्लेख गरे। लेखक शर्माले युद्धकालमा पत्रकारहरूले भोगेका जोखिम, भूमिकाहरू र योगदानलाई इतिहासका लागि अभिलेखीकरण गर्ने लक्ष्यसहित पुस्तक तयार पारेको बताए। ---

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव