emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

लागूऔषध विरुद्धको अभियान सुरु, सन्तानको निगरानी गर्न अभिभावकलाई मुख्यमन्त्री यादवको आग्रह।

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
84
Views
लागूऔषध विरुद्धको अभियान सुरु, सन्तानको निगरानी गर्न अभिभावकलाई मुख्यमन्त्री यादवको आग्रह।

ईमधेश न्यूज                                                     जनकपुरधाम, १७ मंसिर ।

मधेश प्रदेशमा लागूऔषध विरुद्धको अभियान सुरु भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार महोत्तरीको बर्दिबासमा लागूऔषध विरुद्धको अभियानको उद्घाटन गर्नुभयो ।
मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको लागूऔषध विरुद्धको अभियानको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री यादवले यो अभियानलाई सहयोग गर्न अभिभावकहरुमा आग्रह गर्नुभएको छ ।
अभिभावकले आफ्नो सन्तानको निगरानी गर्नुपर्छ, उहाँले भन्नुभयो–  सन्तानको निगरानी गरेपछि लागूऔषध र्दुव्यसनीको संख्या घटनेछ । छोरा घरबाट निस्किने र फर्किने समयको निगरानी गर्नुस् ।
छोरा पक्राउ परेपछि छुटाउनमा लाग्नुभन्दा लागूऔषध सेवन नै नगर्ने गरी निगरानी गर्न मुख्यमन्त्री यादवले अभिभावकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गृह, संचार तथा कानुन मन्त्री मोहम्मद समिमले लागूऔषधले बुवाआमाको सपनामा पानी खन्याएको जिकिर गर्नुहुँदै यो अभियानमा सहयोगको लागि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–लागूऔषधले समाजमा विकृति बढाएको छ । प्रदेश सरकारको यो अभियानमा सबै पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
मधेश प्रदेशको आठै जिल्लामा लागूऔषधको कुलतमा लागेका युवाहरुलाई मनोपरामर्श दिइने लगायतको कार्यक्रमहरु गरिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व गृह तथा संचारमन्त्री एवम् प्रदेशसभा सदस्य भरतप्रसाद साह, प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्री लगायतले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव